मिति : २०८२ वैशाख ९, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 871 - 876 of 22529
फिल्मीखबर, काठमाडौं, २०८१ भाद्र १८, मंगलवार

चानस पुन मगर र मणि रत्न त्रिपाठीको संयुक्त निर्देशनमा फिल्म ‘डिएनए’ बन्ने भएको छ । मंगलबार एक थिम पोस्टर सार्वजनिक गर्दै फिल्मको निर्माण घोषणा गरियो । पौराणिक एक्सन-थ्रिलर शैली फिल्म बन्नेछ । फिल्म पौराणिक कथाको ‘मोर्डन एडप्टेसन’मा आधारित हुने र एक्सनका रोमाञ्चक दृश्यहरू प्रस्तुत गरिने निर्देशक मगरले बताए ।

फिल्मीखबर, काठमाडौं, २०८१ भाद्र १८, मंगलवार

एक वर्षअघि चलचित्र विकास बोर्डले गरेको एउटा निर्णय विवादित बन्यो । बोर्ड आफैंले फिल्म बनाउने निर्णय गरेको थियो । र, यो निर्णयलाई तालुकवाला निकाय सञ्‍चार तथा सूचना मन्त्रालयले स्वीकृति दिएर बजेट समेत पास भइसकेको छ । फिल्म निर्माण गर्न ७५ लाख रुपैयाँ विनियोजन गरिएको छ । तर, फिल्म बनाउने बोर्डको निर्णयप्रति फिल्मकर्मीहरूले भने आपत्ति जनाइरहेका छन् ।

फिल्मीखबर, काठमाडौं, २०८१ भाद्र १७, सोमवार

गत वर्षको सुपरहिट फिल्म ‘नाङ्गो गाउँ’पछि निर्देशक दीपेन्द्र लामा यतिबेला ‘दुःखी आत्मा’ शीर्षकमा फिल्म बनाउने तयारीमा छन् । यसका लागि उनले केही महिनाअघि शीर्ष भूमिकामा दयाहाङ राई र आँचल शर्मालाई अनुबन्ध गरिसकेका थिए । अब अभिनेता अनुपविक्रम शाही पनि भित्रिएका छन् । कथाले मागेको चरित्रमा सुहाएपछि अनुपलाई लिएको निर्देशक लामाले जानकारी दिए ।

फिल्मीखबर, काठमाडौं, २०८१ भाद्र १७, सोमवार

तीजको दिन पारेर यही शुक्रबारबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘रावायण’को आइटम गीत सार्वजनिक गरिएको छ । भोजपुरी भाषामा तयार पारिएको ‘करेजा निकरी’ बोलको गीतमा भारतीय गायिका सोनु कक्कड र समीर चौरासियाको गायन छ भने रेवन आरती सिंहको संगीत तथा प्रदीप श्रीवास्तवको शब्द छ । गीतमा निकिता चाण्डक, पल शाह र प्रकाश शाह नृत्य गर्दै प्रस्तुत छन् ।

फिल्मीखबर, काठमाडौं, २०८१ भाद्र १७, सोमवार

कुनै बेलाका सफल अभिनेता रमित ढुंगानाको पहिलो निर्देशनमा बनेको फिल्म हो, ‘नमेटिने घाउ’ । तर, नामजस्तै उनका लागि यो फिल्म कहिले नमेटिने घाउ बन्न पुगेको छ । २ करोडमा निर्माण भएको फिल्म हलमा दुई दिन पनि राम्ररी टिकेन । कथा गन्जागोल हुँदा न फिल्मलाई प्रशंसा मिल्यो न त रमितको निर्देशनमै अब्बलता देखियो । फिल्मले उही रिलिजको संख्या थप्ने काम मात्र गर्‍यो ।

फिल्मीखबर, काठमाडौं, २०८१ भाद्र १७, सोमवार

गत बिहीबार चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त भएका निर्देशक तथा कलाकार दिनेश डिसीले पदभार ग्रहण गरेका छन् । आइतबार सञ्‍चार मन्त्रालयबाट नियुक्ति पत्र बुझेका उनले सोमबार बिहान चाबहिलस्थित बोर्डको केन्द्रीय कार्यालय पुगेर पदभार सम्हालेका हुन् । सुटबुटमा ठाटिएका डिसीले आफ्नो कार्यकक्षमा प्रवेश गरेपछि श्रीमद्भगवद गीता ढोगेर मन्त्रोच्चारण गरेका थिए ।

Results : 871 - 876 of 22529