मिति : २०८२ वैशाख १०, बुधवार

Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 943 - 948 of 22529
फिल्मीखबर, काठमाडौं, २०८१ श्रावण ३२, शुक्रवार

आगामी असोज २४ गते अर्थात् दशैंको फूलपातीबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘१२ गाउँ’को एक्सन प्रधान टिजर सार्वजनिक गरिएको छ । शुक्रबार सार्वजनिक १ मिनेट २१ सेकेण्ड लम्बाईको टिजरमा अभिनेता विराज भट्ट र उनका छोरा समीर भट्ट एक्सन अवतारमा प्रस्तुत भएका छन् । विराजको ‘भ्वाइस ओभर’बाट सुरु भएको टिजरमा समीरलाई योद्धाको रुपमा चित्रित गरिएको छ ।

फिल्मीखबर, काठमाडौं, २०८१ श्रावण ३२, शुक्रवार

नेपालमा फिल्मलाई पुनः प्रदर्शन गर्ने एकखालको ट्रेन्ड देखिएको छ । ‘छक्का पञ्जा २’, ‘चपली हाइट ३’, ‘आचार्य’, ‘बिहे पास’ जस्ता फिल्म पुनः प्रदर्शन गरिएका छन् । तर, नेपालमा पुनः प्रदर्शन भएका फिल्मले बक्स अफिसमा सुखद् व्यापार गर्न सकेका देखिँदैन । यसैबीच, शुक्रबारबाट गत वर्षको बैशाखमा २ दिनमा नै निर्माताले हलबाट उतारेको फिल्म ‘बुलाकी’ पुनः प्रदर्शनमा आएको छ ।

फिल्मीखबर, काठमाडौं, २०८१ श्रावण ३२, शुक्रवार

संविधान दिवसको अवसर पारेर आगामी असोज ३ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको मल्टीस्टारर फिल्म ‘ह्रस्व दीर्घ’ पोस्टपोन्ड भएको छ । हाल मुम्बईमा पोस्ट प्रोडक्सनको काम भइरहेको फिल्मको प्राविधिक टिमले प्राविधिक कामहरू सक्न अझै समय लाग्ने बताएपछि निर्धारित मितिमा प्रदर्शन गर्न नसकिएको अभिनेत्री एवं निर्मात्री नीता ढुंगानाले फेसबुकमार्फत् जानकारी गराएकी छन् ।

फिल्मीखबर, काठमाडौं, २०८१ श्रावण ३१, बिहिवार

अभिनेता भुवन केसीको गत साउन ९ गते दुई वर्षे कार्यकाल सकिएपछि रिक्त रहेको चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि तालुकवाला निकाय सञ्चार मन्त्रालयले आवेदन मागेको थियो । बुधबार सकिएको समयसीमाभित्र ६ जनाले आवेदन दिएका छन् । करिश्मा मानन्धर, दिनेश डिसी, राजेश थापा, दीपा बस्नेत, अर्जुनकुमार डंगोल र प्रकाश भट्टराईले अध्यक्षमा आवेदन दिएका हुन् ।

फिल्मीखबर, काठमाडौं, २०८१ श्रावण ३१, बिहिवार

आगामी भदौ ७ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘सतीदेवी’को रोमान्टिक गीत सार्वजनिक गरिएको छ । बिहीबार सार्वजनिक ‘माया बसेको रैछ’ बोलको गीतमा फिल्मकी मुख्य अभिनेत्री मलिका महत र नव-अभिनेता सन्दीप बाबु लोहानीबीचको प्रेमलाई दर्शाइएको छ । गीतमा लक्ष्मण सुवेदीको शब्द रचना, दीपक शर्माको संगीत तथा प्रताप दास र दीपा लामाको गायन छ ।

फिल्मीखबर, काठमाडौं, २०८१ श्रावण ३१, बिहिवार

बाबु साहेब बलामीको निर्देशनमा बनेको फिल्म ‘देव वाणी’को प्रदर्शन मिति घोषणा गरिएको छ । बिहीबार रोमान्टिक गीतको एक पोस्टर सार्वजनिक गर्दै आगामी मंसिर ७ गते फिल्म प्रदर्शनमा आउने जानकारी गराइयो । यसअघि ‘अग्निदहन’ र ‘तेल भिसा’ले यो मिति रोजिसकेका छन् । अब मंसिर ७ मा तीन फिल्मबीच भिडन्त हुनेछ । तर, यी तीनै फिल्म फरक-फरक विषयमा बनेका छन् ।

Results : 943 - 948 of 22529