मिति : २०८२ वैशाख १०, बुधवार

Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 991 - 996 of 22530
फिल्मीखबर, काठमाडौं, २०८१ श्रावण २०, आईतवार

अभिनेत्री नम्रता सापकोटाको फिल्मी करिअरले एक दशक पूरा गरिसकेको छ । यो अवधिमा उनले एक दर्जन फिल्म गरिसकेकी छन् । तर, सफलता भने सहायक भूमिकामा अभिनय गरेको फिल्म ‘छक्का पञ्जा’बाट मात्र मिल्यो । सोलो नायिका भएका उनका कुनै फिल्म सफल छैन । अब उनलाई ठूलो आशा भनेको यही साउन २५ गतेबाट प्रदर्शन हुन लागेको फिल्म ‘नम्बरी सुन’प्रति छ ।

फिल्मीखबर, काठमाडौं, २०८१ श्रावण १९, शनिवार

आगामी भदौ २१ गते (तीज)बाट प्रदर्शनमा आउन लागेको फिल्म ‘देवी’को टिजर सार्वजनिक गरिएको छ । नाबालिक बलात्कारको घटनालाई टिजरमा देखाइएको छ । पीडितको बयान र स्केच तयार हुँदा पनि निरीह बनेको प्रहरी र बलात्कारीको हत्या गर्दै हिँड्ने पात्रको कथामा फिल्म केन्द्रित रहेको टिजरले खुलासा गर्छ । फिल्मप्रति दर्शकलाई कौतुहलता जगाउन सक्ने सामर्थ्य टिजरमा छ ।

फिल्मीखबर, काठमाडौं, २०८१ श्रावण १९, शनिवार

अभिनेता रमित ढुंगानाको निर्माण र निर्देशनमा तयार भएको फिल्म ‘नमेटिने घाउ’मा प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वरांकन (डबिङ) गरेका छन् । शनिबार अनामनगरस्थित म्यूजिक एरा रेकर्डिङ स्टुडियोमा उनले आफ्नो भागको दृश्यको स्वरांकन गरेका हुन् । फिल्ममा उनले प्रधानमन्त्रीकै भूमिकामा अभिनय गरेका छन् । छायांकन हुँदा भने उनी प्रधानमन्त्री थिएन ।

फिल्मीखबर, काठमाडौं, २०८१ श्रावण १९, शनिवार

फिल्म ‘होस्टेल’को तेस्रो श्रृंखला निर्माणको तयारीमा छ । हाल वर्कसप र कलाकार अनुबन्धित प्रक्रियामा रहेको फिल्मका निर्माताले छायांकनभन्दा अगावै प्रदर्शन मिति घोषणा गरेका छन् । फिल्मलाई ग्याल्पो ल्होछारको सार्वजनिक विदा पारेर आगामी फागुन १६ गतेदेखि प्रदर्शन गरिने भएको छ । यसको दुई दिनअघि अर्थात् फागुन १४ गते भने फिल्म ‘लाज शरणम्’ प्रदर्शनको तयारीमा छ ।

फिल्मीखबर, काठमाडौं, २०८१ श्रावण १८, शुक्रवार

आगामी भदौ १४ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘वर एण्ड वधु’को दोस्रो गीत सार्वजनिक गरिएको छ । ‘इतिहासमै चर्चा चल्छ’ बोलको डान्सिङ गीतमा ‘कोभन्दा को कम’ भन्ने शैलीमा बिहे गर्न तम्सिएका दुई परिवारबीचको घम्साघम्सीलाई देखाइएको छ । जसमा आँचल शर्मा, विवेक कर्माचार्य, गरिमा शर्मा, विजु पार्की, कुसुम शर्मा लगायतका कलाकारहरु नृत्य गर्दै प्रस्तुत छन् ।

फिल्मीखबर, काठमाडौं, २०८१ श्रावण १८, शुक्रवार

फिल्म ‘म यस्तो गीत गाउँछु २’ प्रदर्शनको बेला अभिनेता पल शाह एउटा घटनाका कारण जेल चलान भएपछि अभिनेत्री पूजा शर्मा हलमा दर्शक भेट्न जाने क्रममा पटकपटक रोएकी थिइन् । त्यसबेला उनको आँशुले नै फिल्म चलाएको टीकाटिप्पणी भएको थियो । यसपछि उनलाई रोएर फिल्म चलाउने हिरोइनको ट्याग नै दिइयो । तर, उनले अब रोएर फिल्म नचलाउने उद्घोष गरेकी छन् ।

Results : 991 - 996 of 22530