मिति : २०८२ वैशाख १०, बुधवार

Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 1003 - 1008 of 22531
फिल्मीखबर, काठमाडौं, २०८१ श्रावण १७, बिहिवार

अभिनेत्री रेजिना उप्रेतीले करिब ९ वर्षपछि कमब्याक गरेको फिल्म ‘मोदीबेनी’ भोलि शुक्रबारदेखि प्रदर्शनमा आउने तयारीमा छ । प्रदर्शनको पूर्वसन्ध्यामा बुधबार कमलपोखरीस्थित बिग मुभिजमा प्रिमियर राखिएको थियो । जहाँ अभिनेत्री वर्षा सिवाकोटी र नव-अभिनेता अमर प्रताप श्रेष्ठ आकर्षणको केन्द्रविन्दू बने । वर्षा साडीमा सुन्दर देखिएकी थिइन् भने अमर सुटबुटमा ठाटिएका थिए ।

फिल्मीखबर, काठमाडौं, २०८१ श्रावण १६, बुधवार

‘युवा स्टार’ पल शाहले पहिलोपटक दोहोरो भूमिकामा काम गरेको फिल्म ‘रावायण’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । जसमा पल मात्र चित्रित छन् । उनलाई लामो दाह्री-जुँगामा देख्न सकिन्छ । उनको अनुहारको एउटा भागमा आगोको राप र अर्को भागमा शितलता छ । यसले उनको शान्त र रिसाहा दुई चरित्रलाई दर्शाउँछ । तर, उनको दाह्री-जुँगा नक्कली रहेको प्रष्टै बुझिन्छ ।

फिल्मीखबर, काठमाडौं, २०८१ श्रावण १६, बुधवार
फिल्मीखबर, काठमाडौं, २०८१ श्रावण १६, बुधवार

साउन ९ गते अभिनेता भुवन केसीको कार्यकाल सकिएपछि रिक्त रहेको चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि तालुकवाला निकाय सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आवेदन माग गरेको छ । बुधबार गोरखापत्र दैनिकमा सूचना जारी गर्दै योग्यता पुगेका नेपाली नागरिकलाई दरखास्त पेश गर्न आह्वान गरिएको हो । दरखास्त दिने व्यक्ति ३५ वर्ष पूरा भएर ६५ वर्ष ननाघेको हुनुपर्नेछ ।

फिल्मीखबर, काठमाडौं, २०८१ श्रावण १६, बुधवार

यही साउन १८ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘मोदीबेनी’बाट अभिनेत्री रेजिना उप्रेतीको करिअरको दोस्रो इनिङ सुरु भएको छ । यो फिल्मबाट उनले झन्डै ९ वर्षपछि कमब्याक गरेकी हुन् । एनलगको युगमा ६०/६५ वटा फिल्ममा काम गरेकी रेजिना विवाहपछि अभिनयमा निस्क्रिय देखिएकी थिइन् । अब उनको आगामी यात्राका लागि ‘मोदीबेनी’को सफलता अनिवार्य छ ।

फिल्मीखबर, काठमाडौं, २०८१ श्रावण १६, बुधवार

एउटा कलाकारको करिअरमा हिट र फ्लप फिल्मले ठूलो अर्थ राख्छ । अभिनेत्री बेनिशा हमालले जति यो कुरा अरु कसले बुझेको होला र ? श्रृंखलाबद्ध फ्लपले उनको करिअर संकटमा पुगेको थियो । पहिलो फिल्म ‘स्वर’देखि उनले निरन्तरता असफलता भोग्दै आएकी थिइन् । जसले गर्दा अभिनय बुलन्द हुँदाहुँदै पनि उनी सधैं ओझेलमा परिन् । उनलाई ‘अनलक्की नायिका’ समेत भनियो ।

Results : 1003 - 1008 of 22531