मिति : २०८२ वैशाख ११, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 1009 - 1014 of 22531
फिल्मीखबर, काठमाडौं, २०८१ श्रावण १५, मंगलवार

एक हप्ताअघि फिल्म ‘एक्टर’को छायांकन सकाएका अभिनेता प्रदीप खड्का अब अर्को फिल्म ‘पिताम्बर’को तयारीमा जुटेका छन् । केही दिनदेखि थापागाउँस्थित कान्तिपुर फिल्म एकेडेमीमा भइरहेको वर्कसपमा उनले निर्देशकसहितको टिमसँग स्क्रिप्ट र चरित्र निर्माणको विषयमा छलफल गरिरहेका छन् । वर्कसपमा उनीसहित सौगात मल्ल, अनुपविक्रम शाही लगायत पनि सहभागी छन् ।

फिल्मीखबर, काठमाडौं, २०८१ श्रावण १५, मंगलवार

बोक्सी प्रथाविरुद्धको कथामा बनेको फिल्म ‘अग्निदहन’ आगामी मंसिर ७ गतेबाट प्रदर्शनमा आउने भएको छ । अन्तर्राष्ट्रिय महिला हिंसा दिवस अन्त्यको अवसर पारेर फिल्मलाई प्रदर्शन गर्न लागिएको हो । मंगलबार काठमाडौंमा एक कार्यक्रमबीच सञ्‍चार मन्त्री पृथ्वीसुब्बा गुरुङले फिल्मको फर्स्टलुक पोस्टर सार्वजनिक गरेका थिए । तीन फरक पोस्टरमा पात्रहरुको मनोदशा दर्शाइएको छ ।

फिल्मीखबर, काठमाडौं, २०८१ श्रावण १५, मंगलवार

अभिनेता पल शाह र अभिनेत्री बेनिशा हमालले पहिलोपटक फिल्ममा सहकार्य गर्ने भएका छन् । ‘बुलाकी’ फेम्ड निर्देशक लक्ष्मण सुनारको आगामी फिल्म ‘कल्ली’मा उनीहरुले एकसाथ काम गर्न लागेका हुन् । मंगलबार फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै फिल्म निर्माणको घोषणा गरियो । पोस्टरले फिल्म एक्सन प्रधान हुने संकेत गर्छ । निर्देशक सुनारले फिल्म पौराणिक कथामा बन्ने बताए ।

फिल्मीखबर, काठमाडौं, २०८१ श्रावण १४, सोमवार

यही साउन १८ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘मोदीबेनी’बाट एक नायकको उदय हुँदैछ । तिनी हुन्, अमर प्रताप श्रेष्ठ । यो उनको डेब्यु फिल्म भए पनि त्यसअघि नै अभिनयको अनुभव बटुलिसकेका थिए । केही नाटक, विज्ञापन तथा वेब सिरिजमा काम गरिसकेका उनले अब फिल्म अभिनयमा परीक्षा दिएका छन् । ट्रेलर हेर्दा उनीबाट आशा गर्ने ठाउँ देखिन्छ ।

फिल्मीखबर, काठमाडौं, २०८१ श्रावण १४, सोमवार

यही साउन २५ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘नम्बरी सुन’का कलाकार तथा निर्माता नारायण खाती पेशाले सुन व्यवसायी हुन् । यसैले त उनले फिल्म हेर्ने १२ जनालाई सुनको ‘चन्द्रहार’ उपहार दिने घोषणा गरेका छन् । फिल्मले उठाएको कथा पनि सुनसँगै सम्बन्धित छ । सुनको इतिहासलाई मुख्य विषयवस्तु बनाएर फिल्मले अन्तरजातीय सम्बन्धको कथा उठान गरेको छ ।

फिल्मीखबर, काठमाडौं, २०८१ श्रावण १४, सोमवार

गत वर्षको सुपरहिट फिल्म ‘परदेशी २’बाट अभिनेताको रुपमा डेब्यु गरेका चर्चित गायक प्रकाश सपूतले आफ्नो दोस्रो फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ को छायांकन सकाएका छन् । ओखलढुङ्गाको रुम्जाटार क्षेत्रमा ३६ दिन र काठमाडौंमा ४ दिन गरी ४० दिनमा फिल्म ‘प्याकअप’ भएको हो । अब पोस्ट प्रोडक्सनको काम सुरु गरेर अर्को वर्षभित्र रिलिज गरिने निर्माता विनोद पौडेलले बताए ।

Results : 1009 - 1014 of 22531