मिति : २०८१ चैत्र २०, बुधवार

Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 97 - 102 of 22453
फिल्मीखबर, काठमाडौं, २०८१ फाल्गुन २४, शनिवार

शुक्रबारबाट प्रदर्शन यात्रा थालेको फिल्म ‘होस्टेल ३’ले बक्स अफिसमा राम्रो सुरुवात गरेको छ । शुक्रबार कामकाजी दिनमा पनि फिल्मले देशभरका हलहरूमा ५० प्रतिशतमाथि अकुपेन्सी हासिल गरेको थियो । शनिबार भने फिल्मको व्यापारमा उछाल आएको छ । प्राप्त शोहरूमा बिहानैदेखि देशभर दर्शकको उत्साहप्रद उपस्थिति देखिएको छ । र, प्रतिक्रिया पनि सकारात्मक मिलेको छ ।

फिल्मीखबर, काठमाडौं, २०८१ फाल्गुन २४, शनिवार

यही फागुन २९ गते अर्थात् होलीको दिनबाट प्रदर्शनमा आउन लागेको एक्सनप्रधान फिल्म ‘आउट लः दफा २१९’को ओएसटी गीत ‘अन्धो कानुन’ सार्वजनिक गरिएको छ । चर्चित गीत ‘अख्खा छ’का र्‍यापर मिस्टर डी (सन्दीप विष्ट)को र्‍याप, मेलोडी र शब्द रचना रहेको गीतमा नितु पुनको गायन छ । युवापुस्तामाझ चर्चित र्‍यापर डीले पहिलोपटक फिल्मका लागि र्‍याप गीत तयार पारेका हुन् ।

फिल्मीखबर, काठमाडौं, २०८१ फाल्गुन २४, शनिवार

नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बाको जीवनकथामा आधारित फिल्म ‘अञ्जिला’को लाहुरेको सहर भनेर चिनिने धरानमा प्रिमियर गरिएको छ । शुक्रबार धरानको फ्रेन्ड्स सिनेमाजमा आयोजित प्रिमियरमा फिल्मका निर्देशक मिलन चाम्स, निर्माता प्रेमकुमार श्रेष्ठसहित विभिन्न क्षेत्रका व्यक्तिहरुको उपस्थिति रहेको थियो । प्रिमियरमा फिल्मले प्रशंसा बटुलेको छ ।

फिल्मीखबर, काठमाडौं, २०८१ फाल्गुन २३, शुक्रवार

आगामी बैशाख १२ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘भूठान’को पहिलो गीत ‘कागजको खोस्टो’ सार्वजनिक गरिएको छ । गीतमा पुष्पन प्रधानको स्वर तथा संगीत र नवराज पराजुलीको शब्द रचना छ । नवराज पराजुलीको युट्युब च्यानलबाट सार्वजनिक गीतले आफ्नो देश फर्किन नपाएको आप्रवासीको व्यथा बोलेको छ । गीतमा नवराजको वाचन गरेको कविता पनि सुन्न सकिन्छ ।

फिल्मीखबर, काठमाडौं, २०८१ फाल्गुन २३, शुक्रवार

ऋषिराज आचार्यको लेखन तथा निर्देशनमा तयार भएको फिल्म ‘द्रोपदी’को ट्रेलर सार्वजनिक गरिएको छ । तीन मिनेटभन्दा लामो ट्रेलरले कथावस्तुबारे महत्त्वपूर्ण खुलासा गर्छ । फिल्मले नेपालमा विद्यमान बहुपति प्रथाको कथा उठाएको छ । रोजगारीका लागि विदेश गएका श्रीमानको दाजुभाईसँग सम्बन्ध राख्न बाध्य पारिएकी एक महिलाको कथालाई ट्रेलरले मर्मस्पर्शी रुपमा देखाएको छ ।

फिल्मीखबर, काठमाडौं, २०८१ फाल्गुन २३, शुक्रवार

आगामी फूलपातीबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘बलिदान’मा अभिनेता समीर भट्टको जोडी बनेकी अभिनेत्रीलाई निर्माण टिमले छायांकन अवधिभर सार्वजनिक गरेन । पोस्टरबाट अभिनेत्री सार्वजनिक गर्ने रणनीति निर्माताको थियो । तर, छायांकनकै क्रममा फिल्मकी मुख्य अभिनेत्री कविता राय रहेको खबर केही मिडियामा चुहियो । अन्ततः उक्त खबरमा सत्यता देखिएको छ ।

Results : 97 - 102 of 22453