
मिलन चाम्सको निर्देशनमा तयार भएको फिल्म ‘वर एन्ड वधु’को पहिलो गीत सार्वजनिक गरिएको छ । आइतबार राजधानीमा एक कार्यक्रमका बीच ‘तिमी सँग’ बोलको रोमान्टिक भावको गीतमा फिल्मकी अभिनेत्री आँचल शर्मा र नव-अभिनेता विवेक कर्माचार्य फिचर्ड छन् । गीतले उनीहरुको एकअर्काप्रति प्रेम र आशक्ति बोल्छ । रोमानियाको मनमोहक दृश्यले गीत आकर्षक बनेको छ ।

देशका शीर्ष नेताहरुको समेत अभिनय रहेको फिल्म ‘नमेटिने घाउ’ आगामी भदौ ७ गतेदेखि प्रदर्शन हुँदैछ । अब प्रदर्शनका लागि एक महिना मात्र बाँकी रहँदा यतिबेला फिल्मको डबिङ चलिरहेको छ । शनिबार राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले आफ्नो भागको दृश्यमा डबिङ सकाए । उनले डबिङ गर्न गाह्रो रहेको अनुभव सुनाएका थिए । उनले पहिलोपटक फिल्ममा अभिनय गरेका हुन् ।

करिब १२ वर्षपछि निर्देशनमा पुनरागमन गरेका शंकर घिमिरेले आफ्नो ५ औं फिल्म ‘तेल भिसा’को छायांकन सकाएका छन् । दुई चरणमा गरी ३५ दिनमा फिल्म ‘प्याकअप’ भएको हो । शनिबार चितवनको एक गाउँमा अन्तिम दृश्य खिचिएको थियो । फिल्मको पहिलो चरणको छायांकन भने अमेरिकामा गरिएको थियो । त्यहाँ ७० प्रतिशत छायांकन गरिएपछि बाँकी नेपालमा खिचिएको हो ।

नेपालमा सबैभन्दा बढी फिल्म बनाउने निर्देशकको रुपमा चिनिन्छन्, राजु गिरी । उनले डेढ दशकको अवधिमा लगभग दुई दर्जन फिल्मको निर्देशन गरिसकेका छन् । यही साउनमा मात्र उनका दुई फिल्म दुई हप्ताको अन्तरमा रिलिज हुँदैछन् । त्यसमध्ये ‘ईश्वर’ साउन ११ गते र ‘नम्बरी सुन’ साउन २५ गतेदेखि सार्वजनिक प्रदर्शनमा आउँदैछन् । र, यी दुवै फिल्म ग्रामीण कथामा बनेका हुन् ।

अभिनयमा पारंगत मानिन्छन्, पंकज त्रिपाठी । जुनसुकै चरित्रमा पनि जीवन्त बाँच्न सक्ने खुबी भएका उनले फिल्म र सिरिज दुवैमा आफ्नो सशक्त प्रभाव छाडेका छन् । सिरिजका त उनी सबैभन्दा ठूलो ‘स्टार’ नै कहलिन्छन् । उनले ‘मिर्जापुर’, ‘क्रिमिनल जस्टिस’, ‘सेक्रेड गेम्स’ जस्ता थुप्रै सिरिजमा काम गरेका छन् । र, अधिकांश रुचाइएका छन् । फिल्ममा पनि उनको उपस्थिति जोडदार छ ।

अभिनेता भुवन केसी चलचित्र विकास बोर्डको अध्यक्ष पदमा नियुक्त भएको यही साउन ९ गते २ वर्ष पूरा हुँदैछ । र, यही मितिबाट उनी विदा हुँदैछन् । बोर्ड अध्यक्ष नियुक्त भएपछि उनले पटक-पटक एउटा कुरा भन्दै आएका थिए, ‘म जागिर खान आएको होइन ।’ तर, उनको कार्यकाल हेर्ने हो भने जागिर खानबाहेक अरु उपलब्धि नै देखिएको छैन । बरु विवादमा उनले ‘रेकर्ड’ कायम गरे ।