
हिमाल न्यौपानेको निर्देशनमा बन्न लागेको फिल्म ‘जनै हराएको बाहुन’मा कलाकारको लाइनअप रोचक बनिरहेको छ । कीर्तिमानी फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ फेम्ड अभिनेता विजय बरालको मुख्य भूमिका रहने फिल्ममा अब दुई अभिनेत्रीको प्रवेश भएको छ । उनीहरु हुन्, केकी अधिकारी र मिरुना मगर । फिल्मका निर्माताले गत सोमबार दुवै अभिनेत्रीसँग लिखित सम्झौता गरेका हुन् ।

चर्चा र विवादको पर्याय मानिएकी अभिनेत्री पूजा शर्माको फिल्मी करिअर २०७९ सालयता सुखद छैन । ३ वर्षमा ‘सम्झना बिर्सना’, ‘सम्हालिन्छ कहिले मन’, ‘उपहार’, ‘दान्भी’ र ‘रावायण’ गरी उनका ५ वटा फिल्म फ्लप भए । ‘रावायण’ उनी आफैंले निर्माण गरेको फिल्म थियो । यसबाट उनले ठूलो घाटा बेहोर्नुपर्यो । फिल्मको श्रृंखलाबद्ध असफलताले यतिबेला उनी संकटको अवस्थामा छिन् ।

कुनै पनि फिल्म सफल भएपछि त्यसको सिक्वेल वा सिरिज बनाउने विश्वव्यापी ‘ट्रेन्ड’ छ । तर, प्रिक्वेल (पहिलो भाग) निर्माण भएका फिल्म भने उतिधेरै छैनन् । नेपालमा पनि प्रिक्वेल फिल्म बनेका छैनन् । आगामी चैत २९ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘पिताम्बर’को भने प्रिक्वेल बनाउने योजनामा निर्देशक कृषा चौलागाईं छिन् । त्यसका लागि आधाउधी छायांकन पनि भैसकेको छ ।

पछिल्लो समय अभिनेत्री ऋचा शर्माको फिल्ममा भूमिका बदलिएको देखिन्छ । उनी एकपछि अर्को फिल्ममा आमाको भूमिकामा देखिरहेकी छन् । पछिल्लो रिलिज फिल्म ‘सारंग’ होस् वा आगामी चैत १ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘राजागंज’, उनी आमाको भूमिकामा छिन् । नयाँ फिल्म ‘बलिदान’मा पनि उनले अभिनेता समीर भट्टकी आमाको भूमिकामा अभिनय गरेकी छन् ।

करिब एक दशक नेपाली फिल्ममा एक्सन हराएजस्तै देखियो । बनेका एकाध एक्सन फिल्म पनि खासै चल्न सकेनन् । जसले गर्दा अब ‘एक्सन युग’ सकिएको विश्लेषण भएको थियो । तर, यसपालि फूलपातीमा प्रदर्शन भएको फिल्म ‘१२ गाउँ’ले मृत्युप्रायः रहेको एक्सन जनरालाई नै पुर्नजीवित गरिदियो । यस फिल्मको अभूतपूर्व सफलतापछि यतिबेला एक्सन फिल्मको लहर सुरु भएको छ ।
