मिति : २०८२ वैशाख १२, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 1141 - 1146 of 22535
फिल्मीखबर, काठमाडौं, २०८१ आषाढ ९, आईतवार

यस वर्षको हिट फिल्म ‘पूजार सार्की’ संयुक्त अधिराज्य (यूके)मा पनि रिलिज भएको छ । जुन २१ (असार ७ गते) बाट युकेको दुई ठूला मल्टीप्लेक्स चेन ओडियन सिनेमाज तथा सिनेवर्ल्डमा फिल्म रिलिज भएको हो । यी चेनका बेसिङस्टोक, बर्मिङ्घम न्यू स्ट्रिट, गिल्डफोर्ड, लिसेस्टर, म्यानचेस्टर ग्रेट नर्दन, एल्डरशट, फेल्दम लगायतका हलमा दैनिक रुपमा फिल्म हेर्न सकिने जनाइएको छ ।

एजेन्सी, काठमाडौं, २०८१ आषाढ ८, शनिवार
फिल्मीखबर, काठमाडौं, २०८१ आषाढ ७, शुक्रवार

अभिनेता सलोन बस्नेत फिल्म ‘यूर्निभसिटी अफ गुन्डाज्’ निर्माणको तयारीमा छन् । गत माघमा एक पोस्टरमार्फत फिल्मको घोषणा गरिएको थियो । उनीसँगै ‘ए मेरो हजुर २’ अभिनेता सलिनमान बनियाँको मुख्य भूमिका रहने फिल्मको निर्देशक भने निश्चित भएका थिएनन् । स्क्रिप्ट लेखनको बेला हेमराज विसीले निर्देशन गर्ने पक्कापक्की भए पनि उनी अमेरिका गएपछि सलोन अन्योलमा थिए ।

फिल्मीखबर, काठमाडौं, २०८१ आषाढ ७, शुक्रवार

आगामी साउन ४ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको ‘अवार्डेड’ फिल्म ‘सतीदेवी’को पहिलो गीत सार्वजनिक गरिएको छ । ‘लैजा दैव फिर्ता लैजा’ बोलको गीतले फिल्मकी मुख्य अभिनेत्री मलिका महतको पीडा र वेदना बोलेको छ । गीतमार्फत फिल्ममा उनले बाँचेको जीवनलाई बुझाउन खोजिएको छ । उनले आफ्नो भाग्यलाई खोटो सिक्कासँग दाँजेकी छन्, जुन निकै मर्मस्पर्शी छ ।

फिल्मीखबर, काठमाडौं, २०८१ आषाढ ७, शुक्रवार

मगर समुदायको परम्परा, संस्कार र संस्कृतिमा आधारित भएर बनेको फिल्म ‘घरज्वाइँ’को पहिलो गीत सार्वजनिक गरिएको छ । ‘बिन्जुरी’ बोलको प्रेमिल भावको गीतमा फिल्मका मुख्य अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरबीचको प्रेम दर्शाइएको छ । एसडी योगीको संगीतमा तयार भएको गीतमा राम अविरल बिष्टको शब्द र संगीतकार योगीको स्वर छ । गीत कर्णप्रिय सुनिन्छ ।

फिल्मीखबर, काठमाडौं, २०८१ आषाढ ७, शुक्रवार

अभिनेत्री पूजा शर्माको करिअरका लागि महत्त्वपूर्ण मानिएको छ, ‘दान्भी’ । विशेषगरी लभस्टोरी फिल्ममा जमेकी उनी पहिलोपटक एक्सन अवतारमा देखिएकी छन् । यसैले उनलाई यो फिल्मको व्यावसायिक सफलता जति महत्त्वपूर्ण छ, त्यति नै एक्सनको प्रशंसा पनि जरुरी छ । त्यो हुँदा उनलाई एक्सन फिल्मका लागि बाटो खुल्ला हुनेछ । यसैले उनी यो फिल्मलाई लिएर गम्भीर देखिन्छिन् ।

Results : 1141 - 1146 of 22535