मिति : २०८२ वैशाख १२, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 1147 - 1152 of 22535
फिल्मीखबर, काठमाडौं, २०८१ आषाढ ७, शुक्रवार

नेपाललाई बलिउड फिल्मको राम्रो बजार मानिन्छ । सिक्वेल र ठूला ‘स्टार’का फिल्मले आकर्षक व्यापार गरिरहेका हुन्छन् । यसैले त भारतीय फिल्म नेपाल भित्राउन वितरक कम्पनीहरुबीच ठूलै रस्साकस्सी हुने गर्छ । तर, त्यसमा केही सीमित कम्पनीहरुको मात्र दबदबा ज्यादा देखिन्छ । यद्यपि, कहिले काहीँ बलिउड र साउथका ठूला फिल्म अरु कम्पनीहरुले पनि उछिट्याउने गरेका छन् ।

फिल्मीखबर, काठमाडौं, २०८१ आषाढ ७, शुक्रवार

गत जेठ १० गते आएका ‘पूजार सार्की’ र ‘फर्की फर्की’पछि नेपाली फिल्मले अपेक्षाकृत व्यापार गर्न सकेका छैनन् । दुई हप्ताअघि आएको फिल्म ‘गाउँ आएको बाटो’को व्यापार औसत मात्र रह्यो । अब धेरैको आशा शुक्रबार (असार ७)बाट प्रदर्शनमा आएका दुई फिल्म ‘दान्भी’ र ‘आचार्य’माथि छ । यसमध्ये ‘दान्भी’ मात्र ‘फ्रेस’ फिल्म हो । ‘आचार्य’ भने १३ वर्षपछि पुनः प्रदर्शन भएको हो ।

फिल्मीखबर, काठमाडौं, २०८१ आषाढ ६, बिहिवार

‘नाइँ नभन्नू ल’ श्रृंखलाले जीवन लुईँटेलदेखि पल शाहसम्मलाई ‘स्टार’ बनाइदियो । यसैको छैटौं श्रृंखलाबाट डेब्यु गरेका आशीर्वाद क्षेत्रीलाई पनि ठूलो आशा थियो । तर, उनकै डेब्युमा आएर ‘नाइँ नभन्नू ल’ श्रृंखलाले दम तोड्यो । यसले उनको करिअरमा समेत असर पार्‍यो । तथापि, लुक्स, डान्स र एक्सनको तारिफ हुँदा उनलाई सम्भावना बोकेको अभिनेताको रुपमा हेरिएको थियो र छ ।

एजेन्सी, काठमाडौं, २०८१ आषाढ ६, बिहिवार

कुनै बेला देओल परिवारको बलिउडमा ठूलो बोलबाला थियो । अभिनेता धर्मेन्द्र ठूला ‘स्टार’ थिए । उनका दुई छोरा सनी देओल र बबी देओलको करिअर पनि उत्कर्षमा थियो । तर, बलिउडमा नयाँ ‘स्टार’ जन्मिएसँगै विशेषगरी सनी र बबीको करिअर खस्कियो । उनीहरुका एकसेएक फिल्म पिटिए । बबीले वर्षौंसम्म फिल्ममै पाएनन् । सनीले एकाध फिल्म गरिरहे पनि सफल हुन सकेनन् ।

फिल्मीखबर, काठमाडौं, २०८१ आषाढ ६, बिहिवार

नेपालमा महिला केन्द्रित एक्सन फिल्म विरलै बन्छन् । एक समय यसको नेतृत्व अभिनेत्री रेखा थापाले गरेकी थिइन् । उनीपछि भने अभिनेत्रीलाई लिएर एक्सन फिल्म बनाउन मेकरहरुले खासै इच्छा देखाएनन् । न त अभिनेत्रीहरुको एक्सनप्रति रुचि देखियो । अब लामो समयपश्चात् महिला केन्द्रित एक्सन फिल्म आउँदैछ । त्यो हो, ‘दान्भी’ । यसमा अभिनेत्री पूजा शर्मा एक्सन भूमिकामा छिन् ।

फिल्मीखबर, काठमाडौं, २०८१ आषाढ ५, बुधवार

अघिल्लो वर्षसम्म अभिनेता दयाहाङ राईलाई छायांकनमा भ्याइनभ्याइ थियो । आफ्नै फिल्म रिलिज हुँदा प्रचारमा समय दिन समेत भ्याउँदैन थिए । कहिले तराई त कहिले पहाडी क्षेत्रमा छायांकनका लागि पुगेका हुन्थे । तर, धेरै फिल्म गर्दा रिलिजको चाप बढ्यो । एउटै मितिमा आफ्नै फिल्म भिड्न थाले । जसले गर्दा उनका फिल्मप्रति दर्शकको वितृष्णा बढ्दा व्यापारमा समेत असर पर्‍यो ।

Results : 1147 - 1152 of 22535