मिति : २०८२ वैशाख १२, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 1153 - 1158 of 22535
फिल्मीखबर, काठमाडौं, २०८१ आषाढ ५, बुधवार

अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र अभिनेता धीरज मगरलाई लिएर बन्न लागेको फिल्म ‘रुमानी रङ्ग’को निर्माण अन्योल देखिएको छ । छायांकन सुरु नहुँदै टिमभित्र ठूलो उथलपुथल आएको छ । निर्मातासँग मतभेदपछि निर्देशक अनिल योञ्जन फिल्मबाट अलग भएका छन् । उनले मंगलबार फेसबुक स्टाटसमार्फत फिल्मको गुणस्तरमा असर पर्ने देखेपछि आफू बाहिरिएको जनाएका छन् ।

फिल्मीखबर, काठमाडौं, २०८१ आषाढ ५, बुधवार

अभिनेत्री पूजा शर्माले टेकेको धरातल फिल्म ‘प्रेमगीत’ले बनाएको हो । यसले उनको करिअरको रुपरेखा नै बदल्यो । अहिले उनी ‘स्टार’ कहलिएकी छन् । युवापुस्तामा राम्रो क्रेज छ । लभस्टोरी फिल्ममा रुचाइएकी छन् । यसरी हेर्दा पूजाको करिअर सफल नै देखिन्छ । तर, उनले चरित्रमा भने विविधता पस्किन सकेकी थिइनन् । ‘प्रेमगीत’बाट जुन छवि बन्यो, उनी त्यसमै रमाउँदै आइन् ।

फिल्मीखबर, काठमाडौं, २०८१ आषाढ ४, मंगलवार

केवल तामाङको निर्देशनमा बन्न लागेको फिल्म ‘मायाका रंगहरु’मा कलाकारको ‘लाइनअप’ रोचक बनिरहेको छ । अभिनेता पल शाहको मुख्य भूमिका रहने फिल्ममा सुनिल थापा, पदम तामाङ, बुद्धि तामाङ जस्ता कलाकारहरु भित्रिसकेका छन् । यसैक्रममा ‘प्रेमगीत ३’का अभिनेता मनिष राउतको पनि फिल्ममा प्रवेश भएको छ । यसमा उनी भिलेनको भूमिकामा देखिने जनाइएको छ ।

फिल्मीखबर, काठमाडौं, २०८१ आषाढ ४, मंगलवार

नेपाली फिल्ममा बोन्डिङ पार्टनरको रुपमा सहकार्य गर्दै आएको स्वदेशी उत्पादन ‘राठीकोल’को ब्रान्ड एम्बासडरमा अभिनेता राजेश हमाल नियुक्त भएका छन् । मंगलबार काठमाडौंमा आयोजित एक समारोहका बीच राठी ग्रुपका अध्यक्ष अरुण कुमार राठी र अभिनेता हमालले सम्झौता पत्रमा हस्ताक्षर गरे । हमालले अबको एक वर्षसम्म ‘राठीकोल’का विभिन्न विज्ञापनहरुमार्फत यसको प्रचार गर्नेछन् ।

फिल्मीखबर, काठमाडौं, २०८१ आषाढ ४, मंगलवार

गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘बुलाकी’बाट निर्देशनमा राम्रो सम्भावना देखाएका लक्ष्मण सुनारले दोस्रो फिल्मको रुपमा ‘बन्दी’ निर्देशन गर्ने भएका छन् । सुशील पोखरेलको निर्माणमा बन्न लागेको फिल्मको कथा सुशील देवकोटाले लेखिरहेका छन् । स्क्रिप्ट फाइनल गरेर अबको केही महिनामा छायांकन सुरु गर्ने तयारीमा निर्माण टिम रहेको छ । बन्दीको अर्थ बन्धक बनाइनु भन्ने हुन्छ ।

एजेन्सी, काठमाडौं, २०८१ आषाढ ४, मंगलवार

विगत एक/डेढ वर्षदेखि बलिउड सुपरस्टार अक्षय कुमारले हलमा आफ्नो ‘स्टारडम’ देखाउन सकेका छैनन् । ‘ओएमजी २’बाहेक ‘राम सेतु’, ‘सम्राट पृथ्वीराज’, ‘बडे मियाँ छोटे मियाँ’, ‘सेल्फी’, ‘बच्चन पाण्डे’, ‘मिसन रानीगञ्ज’ जस्ता फिल्मको असफलताले उनको करिअर नै संकटग्रस्त बनेको छ । अब उनलाई आशा भनेको आगामी १२ जुलाईमा रिलिज हुन लागेको फिल्म ‘सरफिरा’प्रति छ ।

Results : 1153 - 1158 of 22535