
गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘बुलाकी’बाट निर्देशनमा राम्रो सम्भावना देखाएका लक्ष्मण सुनारले दोस्रो फिल्मको रुपमा ‘बन्दी’ निर्देशन गर्ने भएका छन् । सुशील पोखरेलको निर्माणमा बन्न लागेको फिल्मको कथा सुशील देवकोटाले लेखिरहेका छन् । स्क्रिप्ट फाइनल गरेर अबको केही महिनामा छायांकन सुरु गर्ने तयारीमा निर्माण टिम रहेको छ । बन्दीको अर्थ बन्धक बनाइनु भन्ने हुन्छ ।

विगत एक/डेढ वर्षदेखि बलिउड सुपरस्टार अक्षय कुमारले हलमा आफ्नो ‘स्टारडम’ देखाउन सकेका छैनन् । ‘ओएमजी २’बाहेक ‘राम सेतु’, ‘सम्राट पृथ्वीराज’, ‘बडे मियाँ छोटे मियाँ’, ‘सेल्फी’, ‘बच्चन पाण्डे’, ‘मिसन रानीगञ्ज’ जस्ता फिल्मको असफलताले उनको करिअर नै संकटग्रस्त बनेको छ । अब उनलाई आशा भनेको आगामी १२ जुलाईमा रिलिज हुन लागेको फिल्म ‘सरफिरा’प्रति छ ।

फिल्म ‘बोक्सीको घर’ले घरेलु बजारमा अप्रत्यासित व्यापार गर्यो । प्रदर्शनको ५१औं दिन समेत मनाएको फिल्मले दश करोडमाथि व्यापार गरेको छ । फिल्मले सफलता पाए पनि टिमभित्र भने असन्तुष्टि देखिएको छ । आइतबार फिल्मका निर्देशक तथा लेखक सुलक्षण भारतीले निर्मात्री केकी अधिकारप्रति लक्षित गर्दै आफूलाई बेवास्था गरिएको भन्दै फेसबुकमा लामो स्टाटस लेखेका थिए ।


कुनै बेला नेपाली फिल्मलाई बलिउडको त्रास थियो । विशेषगरी तीन खान (सलमान, शाहरुख र आमिर)को फिल्म आउँदा हलमा केही हप्ता नेपाली फिल्म नै लाग्दैन थिए । अचेल भने साउथ फिल्म टाउको दुखाईको विषय बनिरहेको छ । ‘बाहुबली’, ‘केजीएफ’, ‘पुष्पा’, ‘आरआरआर’ जस्ता फिल्मले नेपालमा गरेको कमाई हेर्दा साउथका ठूला स्टार र सिक्वेल फिल्मसँग भिड्न सहज देखिँदैन ।

यही असार ७ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘दान्भी’को प्रचारमा यतिबेला अभिनेत्री पूजा शर्माको राम्रै दौडधुप देखिएको छ । हरेक दिन मिडियामा अन्तर्वार्ता दिन भ्याइनभ्याइ भइरहँदा उनी वृक्षरोपणमा पनि सहभागी भएकी छन् । पशुपति मन्दिरको पूर्वमा रहेको मृगस्थली वन क्षेत्रमा सोमबार बिहान उनले फिल्मका अभिनेता कुन्साङ बोम्जनको साथमा वृक्षरोपण गरेकी थिइन् ।