
फिल्म ‘बोक्सीको घर’ बक्स अफिसमा नपत्याउने खोला बनेर निस्कियो । ‘चल्छ र ?’ भनेर धेरैले आशंका गरेको यो फिल्मले हलमा प्रदर्शनको ५१औं दिन मनाउँदै १० करोडमाथि व्यापार गरेको छ । जबकि, फिल्ममा एक करोड पनि लगानी छैन । यो फिल्मबाट सबैभन्दा बढी फाइदा अभिनेत्री केकी अधिकारीलाई भएको छ । निर्मात्री समेत भएकाले उनले निकै ठूलो मुनाफा कमाएकी छन् ।

नेपालको ‘नम्बर वान’ ओटीटीको रुपमा आफ्नो स्थान बनाएको सिनेमाघर एपमा लगातार सफल फिल्महरु रिलिज भइरहेका छन् । ‘कबड्डी ४’, ‘जारी’, ‘महापुरुष’, ‘जय भोले’, ‘मंगलम’ जस्ता सफल फिल्म रिलिज भइसकेको यो एपमा गत महिना ‘चपली हाइट ३’ आएको थियो । यसैबीच, शनिबारबाट एपमा अघिल्लो वर्षको सुपरहिट फिल्म ‘पशुपति प्रसाद २ : भष्मे डन’ रिलिज गरिएको छ ।

गत वर्ष घोषणा गरिएको ‘गोल्डेन नेपाली फिल्म अवार्ड’ आगामी नोभेम्बर १६ अर्थात् मंसिर १ गते अमेरिकास्थित सन फ्रान्सिस्कोमा आयोजना हुने भएको छ । ‘सतीदेवी’ निर्माण कम्पनी गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्निया र हिमालयन फाउन्डेसन कर्पले संयुक्त रुपमा आयोजना गर्न लागेको अवार्डको बारेमा बिहीबार काठमाडौंमा एक कार्यक्रमबीच जानकारी गराइएको थियो ।

‘छक्का पञ्जा’ टिमको भरपर्दो खब्बा थिए, जितु नेपाल । ‘६ एकान ६’देखि दीपक-दीपा समूहको फिल्ममा उनी टुटेका थिएनन् । यो समूहको फिल्म चल्नुमा उनको पनि ठूलो भूमिका थियो । तर, ‘महानायक’ विवादको समयमा जितुले आफ्नो नामको कमेडी शोको अध्यक्षबाट दीपाश्री निरौलालाई हटाएपछि उनलाई पनि टिमबाट हटाइयो । यसपछि जितुले आफ्नै हिसाबले काम गरिरहेका छन् ।

राजु गिरीको निर्देशनमा बनेको फिल्म ‘ईश्वर’को ट्रेलर सार्वजनिक गरिएको छ । २ मिनेट लामो ट्रेलरमा अन्तरजातीय प्रेममा आउने अवरोधलाई देखाइएको छ । ध्रुव थापा र कृष्टि गुरुङ मायामा छन् । तर, उनीहरुको जात मिल्दैन । जात मिल्ने बुद्धि तामाङलाई कृष्टिले मन पराउँदिनन् । ट्रेलरले यी तीन पात्रलाई नै पछ्याएको छ । अनु शाह र पृथ्वीराज प्रसाइँबीचको प्रेम पनि देख्न सकिन्छ ।

नेपाली फिल्मलाई सबैभन्दा ठूलो डर भनेकै विदेशी फिल्म हो । त्यसमा पनि अझ बढी बलिउड र साउथ । यी दुई इन्डस्ट्रीका ठूला ‘स्टार’ र ‘सिक्वेल’ फिल्मसँग जुध्नु भनेको आफ्नै खुट्टामा बञ्चरो हान्नु मानिन्छ । यसैले उताको रिलिज क्यालेन्डर हेरेर मात्र यताको रिलिज तय गरिन्छ । तर, जब बलिउड र साउथ फिल्मको रिलिज हेरफेर हुन्छ तब नेपाली फिल्मको रिलिज ‘सेड्युल’ नै विग्रिन्छ ।