
करिब एक दशक नेपाली फिल्ममा एक्सन हराएजस्तै देखियो । बनेका एकाध एक्सन फिल्म पनि खासै चल्न सकेनन् । जसले गर्दा अब ‘एक्सन युग’ सकिएको विश्लेषण भएको थियो । तर, यसपालि फूलपातीमा प्रदर्शन भएको फिल्म ‘१२ गाउँ’ले मृत्युप्रायः रहेको एक्सन जनरालाई नै पुर्नजीवित गरिदियो । यस फिल्मको अभूतपूर्व सफलतापछि यतिबेला एक्सन फिल्मको लहर सुरु भएको छ ।



अभिनेता विपिन कार्कीको अद्भूत खुबी के छ भने उनी जुनै चरित्रमा पनि प्राण भर्न सक्छन् । चरित्रको गहिराइमा पुगेर अभिनय गर्नु उनको खासियत नै हो । यसैले त दर्शकले उनका फिल्म हेर्दा उनलाई भन्दा पनि उनले निभाएको चरित्रलाई सम्झन्छन् । तर, एक दशक लामो करिअरमा उनले ‘हिरोइज्म’ देखिने भूमिका गर्न पाएका थिएनन् । नयाँ फिल्म ‘कर्मा’ले त्यो पनि पूरा गरेको छ ।

संसारकै सबैभन्दा प्रतिष्ठित मानिएको ‘ओस्कार अवार्ड’मा सेक्स वर्करको कहानीमा आधारित भएर बनेको फिल्म ‘अनोरा’ले वर्चश्व कायम गरेको छ । सोमबार बिहान अमेरिकाको लस एन्जलसस्थित डल्बी थिएटरमा आयोजित समारोहमा यो फिल्मले पाँच विधामा अवार्ड जित्न सफल भयो । उत्कृष्ट फिल्म, निर्देशक, अभिनेत्री, सम्पादन र मौलिक पटकथा विधामा फिल्मले अवार्ड जितेको हो ।

गायिका तथा मोडल मञ्जयाश्री भट्टको नयाँ गीत ‘झ्याइँ’लाई अभूतपूर्व सफलता मिलेको छ । गत ९ अगस्टमा युट्युबमा सार्वजनिक भएको गीतलाई ८ करोड ४५ लाख बढी भ्यूज मिलिसकेको छ भने रिलिजपछि संसारभर ट्रेन्डिङमा समेत परेको थियो । नेपाली र भारतीय संगीतको फ्युजन रहेको गीत अमेरिकाको न्यूयोर्कस्थित पर्यटकीय गन्तव्य टाइम्स स्क्वायरमा सार्वजनिक गरिएको थियो ।