मिति : २०८२ वैशाख १४, आईतवार

Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 1279 - 1284 of 22540
फिल्मीखबर, काठमाडौं, २०८१ ज्येष्ठ ७, सोमवार

‘एक्सन स्टार’ विराज भट्टका छोरा समीर भट्ट फिल्म ‘बलिदान’बाट डेब्युको तयारीमा थिए । तर, यो फिल्मको सेट डिजाइन र अन्य प्राविधिक कारणले निर्माणमा ढिलाई हुने भएपछि उनले पिताको फिल्म ‘१२ गाउँ’बाट डेब्यु गरेका छन् । सोमबार ललितपुरस्थित हात्तीबनमा फिल्मको शुभमुहूर्त गर्दै छायांकन सुरु गरिएको छ । फिल्मका लागि पहिलो दृश्य समीरको खिचिएको जनाइएको छ ।

फिल्मीखबर, काठमाडौं, २०८१ ज्येष्ठ ७, सोमवार

कमल एक्चै मगरको निर्देशनमा तयार भएको फिल्म ‘शिरफूल’ आगामी असार ७ गतेदेखि प्रदर्शनमा आउने भएको छ । सोमबार एक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको हो । यो मितिमा अभिनेत्री पूजा शर्मा अभिनीत ‘दान्भी’ र स्वर्गीय गायक भक्तराज आचार्यको बायोपिक फिल्म ‘आचार्य’ पनि प्रदर्शनमा आउँदैछन् । अर्थात् असार ७ मा त्रिपक्षीय भिडन्त हुने भएको छ ।

फिल्मीखबर, काठमाडौं, २०८१ ज्येष्ठ ७, सोमवार

द्वन्द्व निर्देशक चन्द्र पन्तको निर्देशनमा तयार भएको फिल्म ‘ह्रस्व दीर्घ’को तेस्रो चरणको पोस्टर सार्वजनिक गरिएको छ । नेपाली र तेलुगू भाषामा तयार पारिएको पोस्टरमा अभिनेत्री विपिना थापा र साउथ अभिनेता प्रदीप रावत चित्रित छन् । विपना भावुक मुद्रामा देखिएकी छन् । प्रदीप भने चन्दन र रुद्राक्ष माला लगाएर पण्डितको भेषमा प्रस्तुत छन् । उनको आँखामा क्रोधको भाव देखिन्छ ।

फिल्मीखबर, काठमाडौं, २०८१ ज्येष्ठ ६, आईतवार

अभिनेता आर्यन सिग्देलको लभर ब्वाईको छवि बनेको छ । डेब्यु फिल्म ‘किस्मत’देखि उनले रोमान्टिक भूमिकामै बढी काम गरे र त्यसैमा रुचाइए । नयाँ फिल्म ‘पूजार सार्की’मा पनि उनको भूमिका रोमान्टिक नै देखिन्छ । तर, उनको चरित्रचित्रण र लुक्स अलग छ । यसमा उनले पूजारीको भूमिका निभाएका छन्, जसको कथित तल्लो जात (सार्की)की युवती अञ्जना बराइलीसँग माया बस्छ ।

फिल्मीखबर, काठमाडौं, २०८१ ज्येष्ठ ६, आईतवार

चलचित्र पत्रकार मणिराम गौतम ‘डी सिने अवार्ड’मा पुरस्कृत भएका छन् । शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा उनलाई १५ हजार रुपैयाँ राशीसहित ‘छायाँछवि चलचित्र पत्रकारिता पुरस्कार’बाट पुरस्कृत गरिएको हो । चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, अभिनेत्रीद्वय भुवन चन्द र बसुन्धरा भुसाल तथा संगीतकार शम्भुजीत बाँस्कोटाले उनलाई पुरस्कार हस्तान्तरण गरे ।

फिल्मीखबर, काठमाडौं, २०८१ ज्येष्ठ ६, आईतवार

गायक तथा संगीतकार भक्तराज आचार्यको जीवनीमा आधारित भएर बनेको फिल्म ‘आचार्य’लाई पुनः प्रदर्शन गरिँदैछ । सन् २०११ मा पहिलोपटक प्रदर्शन भएको यो फिल्मलाई आगामी असार ७ गते पुनः प्रदर्शन गर्न लागिएको हो । १३ वर्षअघि फिल्मको कमाई खासै राम्रो नभए पनि समीक्षा उत्कृष्ट मिलेको थियो । गायक आचार्यलाई ‘ट्रिब्युट’ दिन पनि फिल्म पुनः प्रदर्शन गर्न लागिएको हो ।

Results : 1279 - 1284 of 22540