मिति : २०८२ वैशाख १४, आईतवार

Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 1285 - 1290 of 22544
फिल्मीखबर, काठमाडौं, २०८१ ज्येष्ठ ७, सोमवार

द्वन्द्व निर्देशक चन्द्र पन्तको निर्देशनमा तयार भएको फिल्म ‘ह्रस्व दीर्घ’को तेस्रो चरणको पोस्टर सार्वजनिक गरिएको छ । नेपाली र तेलुगू भाषामा तयार पारिएको पोस्टरमा अभिनेत्री विपिना थापा र साउथ अभिनेता प्रदीप रावत चित्रित छन् । विपना भावुक मुद्रामा देखिएकी छन् । प्रदीप भने चन्दन र रुद्राक्ष माला लगाएर पण्डितको भेषमा प्रस्तुत छन् । उनको आँखामा क्रोधको भाव देखिन्छ ।

फिल्मीखबर, काठमाडौं, २०८१ ज्येष्ठ ६, आईतवार

अभिनेता आर्यन सिग्देलको लभर ब्वाईको छवि बनेको छ । डेब्यु फिल्म ‘किस्मत’देखि उनले रोमान्टिक भूमिकामै बढी काम गरे र त्यसैमा रुचाइए । नयाँ फिल्म ‘पूजार सार्की’मा पनि उनको भूमिका रोमान्टिक नै देखिन्छ । तर, उनको चरित्रचित्रण र लुक्स अलग छ । यसमा उनले पूजारीको भूमिका निभाएका छन्, जसको कथित तल्लो जात (सार्की)की युवती अञ्जना बराइलीसँग माया बस्छ ।

फिल्मीखबर, काठमाडौं, २०८१ ज्येष्ठ ६, आईतवार

चलचित्र पत्रकार मणिराम गौतम ‘डी सिने अवार्ड’मा पुरस्कृत भएका छन् । शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा उनलाई १५ हजार रुपैयाँ राशीसहित ‘छायाँछवि चलचित्र पत्रकारिता पुरस्कार’बाट पुरस्कृत गरिएको हो । चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, अभिनेत्रीद्वय भुवन चन्द र बसुन्धरा भुसाल तथा संगीतकार शम्भुजीत बाँस्कोटाले उनलाई पुरस्कार हस्तान्तरण गरे ।

फिल्मीखबर, काठमाडौं, २०८१ ज्येष्ठ ६, आईतवार

गायक तथा संगीतकार भक्तराज आचार्यको जीवनीमा आधारित भएर बनेको फिल्म ‘आचार्य’लाई पुनः प्रदर्शन गरिँदैछ । सन् २०११ मा पहिलोपटक प्रदर्शन भएको यो फिल्मलाई आगामी असार ७ गते पुनः प्रदर्शन गर्न लागिएको हो । १३ वर्षअघि फिल्मको कमाई खासै राम्रो नभए पनि समीक्षा उत्कृष्ट मिलेको थियो । गायक आचार्यलाई ‘ट्रिब्युट’ दिन पनि फिल्म पुनः प्रदर्शन गर्न लागिएको हो ।

फिल्मीखबर, काठमाडौं, २०८१ ज्येष्ठ ६, आईतवार

फिल्म ‘हिरोपन्थी’ (२०१४)बाट उदाएका अभिनेता टाइगर श्राफलाई त्यसबेला बलिउडको नयाँ ‘एक्सन सुपरस्टार’को संज्ञा दिइएको थियो । आफ्नो छरितो एक्सन र नृत्य कौशलका कारण छोटो समयमै उनको जबर्जस्त क्रेज बन्यो । तर, यतिबेला टाइगरको खराब समय चलिरहेको छ । उनका ‘ब्याक टू ब्याक’ फिल्म बक्स अफिसमा पिटिएका छन् । यसले उनको करिअर संकटमा पारेको छ ।

फिल्मीखबर, काठमाडौं, २०८१ ज्येष्ठ ६, आईतवार

चर्चित कथावाचक साइग्रेस पोख्रेलको श्रव्य-कथा ‘अधुरो प्रेम’मा फिल्म बन्ने भएको छ । शनिबार काठमाडौंस्थित राष्ट्रिय सभागृहमा आयोजित ‘वर्ड टुर विथ साइग्रेस’को ६०औँ शृङ्खलामा साइग्रेस स्वयंले फिल्मको घोषणा गरेका हुन् । एक थिम पोस्टर सार्वजनिक गर्दै फिल्मलाई कोरियोग्राफर शिशिर खातीले निर्देशन गर्ने जानकारी गराइयो । खातीले यही फिल्मबाट निर्देशनमा डेब्यु गर्नेछन् ।

Results : 1285 - 1290 of 22544