
सरकारले नेपालमा छायांकनका लागि विदेशी फिल्मका निर्मातालाई आकर्षित गर्ने नीति लिएको छ । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै हलिउड र बलिउड फिल्म निर्मातालाई नेपालमा छायांकनका लागि आकर्षित गरी फिल्म पर्यटन प्रवर्द्धन गरिने जानकारी दिए ।

यही जेठ १० गते (बुद्ध जयन्ती)देखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘पूजार सार्की’को तेस्रो गीत ‘जाऊँ माया’ सार्वजनिक गरिएको छ । मर्मस्पर्शी भावको गीतमा बि.पाण्डेको शब्द रचना तथा केतन क्षेत्रीको स्वर रहेको छ भने फिल्मका निर्माता समेत रहेका सुभाष भुषालको संगीत छ । गीतमा अन्तरजातीय प्रेमले निम्त्याएको जटिल परिस्थिति, पीडा र निराशालाई देखाइएको छ ।

भनिन्छ, ‘१२ वर्षपछि बगेको खोला पनि फर्कन्छ ।’ खोला फर्किन्छ या फर्किन्न, त्यो त थाहा छैन तर बलिउड अभिनेत्री तब्बू भने १२ वर्षपछि हलिउड फर्किने भएकी छन् । पछिल्लोपटक सन् २०१२ मा आएको हलिउड फिल्म ‘लाइफ अफ पाई’मा देखिएकी उनले अब ओस्कार अवार्ड विजेता फिल्म ‘ड्यून’को प्रिक्वेलमा काम गर्न लागेकी हुन् । उनी यसमा अनुबन्धित भइसकेको जनाइएको छ ।

नेपाली फिल्म क्षेत्रमा विभिन्न समयमा केही कलाकारको राम्रै बोलबाला देखिने गरेको छ । करिब डेढ दशक अगाडि राजेश हमाल, शिव श्रेष्ठ, भुवन केसी, रेखा थापा, निखिल उप्रेती, विराज भट्ट जस्ता कलाकारको ठूलो राजगज थियो । त्यसपछि आर्यन सिग्देलको युग आयो । यतिखेर दयाहाङ राई मौरीको रानोझैँ बनिरहेका छन् । केही वर्षयता नेपाली फिल्ममा उनको माग अचाक्ली देखिन्छ ।

अभिनेत्री वर्षा सिवाकोटीको मुख्य भूमिका रहेको नयाँ फिल्म ‘मोदीबेनी’ भगवान् शिवको महिना भनेर चिनिने साउनमा प्रदर्शन हुने भएको छ । वितरक कम्पनी एफडी कम्पनी र रिच इन्टरटेनमेन्टसँग निर्माताको लिखित सम्झौतापछि आगामी साउन १८ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको हो । फिल्म रिलिजका लागि सबै दृष्टिकोणबाट यो उत्तम मिति रहेको निर्माता दीलिप केसीले बताए ।

पत्रकारिता हुँदै म्यूजिक भिडियो निर्देशनमा स्थापित विकास सुवेदीको यतिबेला बाटो मोडिएको छ । उनी निर्देशन छाडेर फिल्मको कथा लेख्न रमाइरहेका छन् । फिल्म ‘प्रकाश’बाट लेखनमा आफूलाई प्रमाणित गरेका उनको दोस्रो फिल्म ‘पूजार सार्की’ आगामी जेठ १० गतेबाट प्रदर्शनमा आउने तयारीमा छ । यसमा उनले जातीय विभेदविरुद्ध लड्ने तीन पात्रको संघर्षको कथा भनेका छन् ।