मिति : २०८२ वैशाख १५, सोमवार

Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 1309 - 1314 of 22545
फिल्मीखबर, काठमाडौं, २०८१ वैशाख ३१, सोमवार

पत्रकारिता हुँदै म्यूजिक भिडियो निर्देशनमा स्थापित विकास सुवेदीको यतिबेला बाटो मोडिएको छ । उनी निर्देशन छाडेर फिल्मको कथा लेख्न रमाइरहेका छन् । फिल्म ‘प्रकाश’बाट लेखनमा आफूलाई प्रमाणित गरेका उनको दोस्रो फिल्म ‘पूजार सार्की’ आगामी जेठ १० गतेबाट प्रदर्शनमा आउने तयारीमा छ । यसमा उनले जातीय विभेदविरुद्ध लड्ने तीन पात्रको संघर्षको कथा भनेका छन् ।

फिल्मीखबर, काठमाडौं, २०८१ वैशाख ३१, सोमवार

विश्वकै प्रतिष्ठित मानिने कान्स फिल्म फेस्टिभलमा काठमाडौं महानगरपालिका प्रमुख बालेन शाह सहभागी हुने भएका छन् । भोलि (मंगलबार) अर्थात् मे १४ देखि २५ तारिखसम्म हुन लागेको यो फेस्टिभलको ७७औं संस्करणमा सहभागी हुन मेयर शाह सोमबार साँझ फ्रान्सतर्फ प्रस्थान गर्दैछन् । उनीसहित सल्लाहकार कुमार व्यञ्जनकार र पूर्वाधार सल्लाहकार सुनिल लम्साल पनि जाँदैछन् ।

फिल्मीखबर, काठमाडौं, २०८१ वैशाख ३०, आईतवार

कुनै बेला करिअरको उत्कर्षमा थिए, आर्यन सिग्देल । डेब्यु फिल्म ‘किस्मत’ले किस्मत बदलेपछि उनी करिब एक दशक लभस्टोरी फिल्ममा निर्विकल्प बने । उनलाई लिन मेकरहरु महिनौं कुर्थे । उनको लाइनअपमा दर्जनौं फिल्म हुन्थे । त्यसबेला सबैभन्दा महंगा अभिनेता समेत कहलिएका थिए । चलेका अभिनेताहरु ३/४ लाख पारिश्रमिकमा सीमित हुँदा उनले ६ लाखसम्म बुझ्ने गरेका थिए ।

फिल्मीखबर, काठमाडौं, २०८१ वैशाख ३०, आईतवार

अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरले लगातार फिल्ममा काम गरिरहेका छन् । अघिल्लो वर्ष मात्र उनीहरुको तीनवटा फिल्म ‘जारी’, ‘नाङ्गो गाउँ’ र रंगेली’ रिलिज भए । यतिबेला यो जोडीको ‘मनसरा’ हलमा प्रदर्शनरत छ । अब आगामी असार २८ गतेबाट उनीहरुको अर्को नयाँ फिल्म ‘घरज्वाइँ’ प्रदर्शनमा आउने तयारीमा छ । आइतबार यो फिल्मको टिजर सार्वजनिक गरियो ।

फिल्मीखबर, काठमाडौं, २०८१ वैशाख ३०, आईतवार

विगत १५ दिनदेखि तराईको लालबन्दीमा छायांकन भइरहेको फिल्म ‘रावायण’का लागि तीनवटा गीत भारतमा तयार पारिएको छ । र, ती गीतहरुमा भारतकै स्थापित गायक/गायिकाले स्वर दिएका छन् । फिल्मको शीर्ष गीतमा गायक नाकाश अजिजको स्वर छ । उनले ‘सेल्फी ले ले रे’, ‘अफगान जलेबी’, ‘सारी के फाल सा’, ‘नाँच मेरी जान’, ‘केटी को’ लगायत चर्चित गीतहरु गाइसकेका छन् ।

फिल्मीखबर, काठमाडौं, २०८१ वैशाख ३०, आईतवार

अन्ततः अभिनेता अनमोल केसी र निर्माता तथा निर्देशक सन्तोष सेनबीच नयाँ फिल्ममा सहकार्य हुने भएको छ । लामो समयदेखि छलफलमा रहेका उनीहरुबीच पिरियड-ड्रामा फिल्ममा सहकार्य गर्ने सहमति जुटेको छ । यद्यपि, दुवैबीच लिखित सम्झौता हुन बाँकी छ । स्क्रिप्ट ‘लक’ भएपछि सम्झौता गर्ने गरी उनीहरुबीच भद्र सहमति भएको हो । फिल्म एक्सन प्रधान हुने जनाइएको छ ।

Results : 1309 - 1314 of 22545