

बलिउडमा गर्विलो नाम बनाएका स्वर्गीय अभिनेता इरफान खानले हलिउडसम्म आफ्नो अभिनयको जादू छरे । उनको अभिनयबाट हरेक वर्गका दर्शक प्रभावित बनेका थिए/छन् । राजस्थानको जयपुरमा जन्मिएका उनको चार वर्ष अगाडि (२०२० अप्रिल २९) न्यूरोएन्डोक्राइन ट्यूमरका कारण निधन भएको थियो । उनको निधनले बलिउडलाई ठूलो क्षति पुगेको छ । उनी जत्तिको उम्दा कोटीको कलाकार बलिउडले पाउन नसक्ने चर्चा हुने गर्छ ।

अभिनेत्री पूजा शर्माले पहिलोपटक एक्सन भूमिकामा अभिनय गरेको फिल्म ‘दान्भी’ अब आगामी असार ७ गतेबाट प्रदर्शनमा आउने भएको छ । पूजाको जन्मदिनको अवसरमा फिल्मको नयाँ प्रदर्शन मिति घोषणा गरिएको हो । यसअघि फिल्मलाई जेठ १० गते ल्याउने तयारी गरिएको थियो । तर, यो मितिमा दुई ठूलो फिल्म ‘पूजार सार्की’ र ‘फर्की फर्की’ आउने भएपछि फिल्मको रिलिज सारिएको हो ।

यही बैशाख २८ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘खजुरे ब्रो’को कमेडीयुक्त ट्रेलर सार्वजनिक गरिएको छ । आइतबार काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक ३ मिनेट २० सेकेण्ड लम्बाईको ट्रेलरले खजुरे पात्र (रेअर राई)लाई पछ्याएको छ । मनमौजी जीवन बाँचिरहेको उसको प्रेम जीवन र पैसाले गर्दा उत्पन्न परिस्थितिलाई ट्रेलरले देखाउँछ । खजुरे पात्रको जीवनशैली रोचक देखिन्छ । ऊ कहिले साबुन खान्छ त कहिले १७ प्लेट मःम । यो धरानको एक चर्चित व्यक्तिबाट प्रभावित पात्र हो ।

बुद्ध जयन्तीको दिन पारेर आगामी जेठ १० गतेलाई प्रदर्शन मिति घोषणा गरेको अभिनेत्री पूजा शर्मा स्टारर फिल्म ‘दान्भी’ले अन्ततः मैदान छाडेको छ । फिल्मलाई पूर्वघोषित मितिमा रिलिज नगर्ने निर्णयमा निर्माण टिम पुगेको हो । प्रदर्शक तथा वितरकहरुको छाता संस्था नेपाल चलचित्र संघसँगको छलफलपछि निर्माताले फिल्मलाई जेठ १० मा प्रदर्शन नगर्ने निर्णय गरेका हुन् ।

क्रिकेटमा नेपाली खेलाडीको प्रदर्शन मात्र सुध्रिएको छैन, समर्थक पनि बढेका छन् । शनिबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको नेपाल र वेस्टइन्डिज ‘ए’ बीचको खेल हेर्न हजारौंको उपस्थिति देखिएको थियो । क्रिकेटप्रति बढ्दो क्रेजलाई मध्यनजर गर्दै नेपाली फिल्मले समेत खेल मैदानलाई प्रचारको रुपमा प्रयोग गरिरहेको छ । क्रिकेट मैदानमा फिल्मको होडिङ बोर्ड राख्नेदेखि खेलको क्रममा राम्रो प्रदर्शन गर्ने खेलाडीलाई पुरस्कार प्रदान गर्ने ट्रेन्ड फस्टाएको छ ।