मिति : २०८२ वैशाख १६, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 1381 - 1386 of 22548
फिल्मीखबर, काठमाडौं, २०८१ वैशाख १४, शुक्रवार

नेपालमा सिक्वेल/सिरिज वा ठूलो स्टारकास्ट भएका फिल्मको मात्र उत्साहजनक ओपनिङ हुन्छ भन्ने भाष्य बनेको छ । यो प्रमाणित कुरा पनि हो । तर, शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘बोक्सीको घर’मा यी कुनै तत्व छैन । यसका बावजूद पनि फिल्मले घरेलु बक्स अफिसमा सानदार सुरुवात गरेको छ । शुक्रबार फिल्मले ठूलो दर्शकलाई हलसम्म तान्यो । धेरै शोज हाउसफुल समेत भए ।

फिल्मीखबर, काठमाडौं, २०८१ वैशाख १४, शुक्रवार

‘१२ सत्ताइस’ फेम्ड निर्देशक जौन योञ्जनको दोस्रो निर्देशकीय फिल्म ‘आँखा’को आगामी असार १४ गतेलाई प्रदर्शन मिति घोषणा गर्दै फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । दुई पोस्टरमध्ये एउटामा फोहोरको डंगुरमा सूर्यमुखी फूल फक्रिएको देखिन्छ भने अर्को पोस्टरमा आँखाको आकृतिभित्र फिल्मका कलाकारहरु क्यारेक्टर लुक्समा प्रस्तुत छन् । कोही गम्भीर त कोही हर्षित भावमा देखिन्छन् ।

फिल्मीखबर, काठमाडौं, २०८१ वैशाख १४, शुक्रवार

अभिनेता धीरज मगर र अभिनेत्री उपासना सिंह ठकुरीले पहिलोपटक सहकार्य गरेको फिल्म ‘खुस्मा’को छायांकन नसकिँदै प्रदर्शन मिति घोषणा गरिएको छ । संविधान दिवसको सार्वजनिक विदालाई लक्षित गर्दै आगामी असोज ३ गते अर्थात् बिहीबारबाट फिल्म प्रदर्शनमा आउने भएको छ । निर्माण टिमले यसै साताबाट फिल्मको दोस्रो चरणको छायांकन सुरु गर्दै प्रदर्शन निश्चित गरेको हो ।

फिल्मीखबर, काठमाडौं, २०८१ वैशाख १४, शुक्रवार

आगामी जेठ १० गते बक्स अफिसमा ठूलो टकराव हुँदैछ । बुद्ध जयन्तीको सार्वजनिक विदा छाप्न तीन फिल्म ‘पूजार सार्की’, ‘फर्की फर्की’ र ‘दान्भी’ले एउटै मिति रोजेका छन् । र, यी तीनवटै फिल्ममा स्टार कलाकार छन् । ‘पूजार सार्की’मा आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहको अभिनय रहेको छ भने ‘फर्की फर्की’मा अनमोल केसी छन् । ‘दान्भी’मा पूजा शर्मा केन्द्रीय भूमिकामा छिन् ।

फिल्मीखबर, काठमाडौं, २०८१ वैशाख १४, शुक्रवार

अभिनयमा पारंगत मानिएकी अभिनेत्री केकी अधिकारीको निर्माण तथा अभिनय रहेको फिल्म ‘बोक्सीको घर’ले शुक्रबारबाट सार्वजनिक प्रदर्शन सुरु गरेको छ । बलिउडको ‘रुस्लान’बाहेक अरु ठूला विदेश फिल्म नहुँदा मल्टीप्लेक्सहरुमा उच्च शोज पाएको फिल्मले सुखद ओपनिङको संकेत गरेको छ । क्यूएफएक्स चेनसहित काठमाडौंका केही मल्टीप्लेक्समा फिल्मको बुकिङ राम्रो देखिएको छ ।

फिल्मीखबर, काठमाडौं, २०८१ वैशाख १४, शुक्रवार

गायक प्रकाश सपूतले फिल्म अभिनयलाई निरन्तरता दिने भएका छन् । अघिल्लो वर्ष उनको डेब्यु फिल्म ‘परदेशी २’ रिलिज भएको थियो, जुन व्यावसायिक रुपमा सफल पनि भयो । अब उनले दोस्रो फिल्मको रुपमा ‘पूर्ण बहादुरको सारङ्गी’मा काम गर्ने भएका छन् । शुक्रबार निर्माण टिमले फिल्ममा उनी कलाकारको रुपमा अनुबन्धित भएको जानकारी गराएको छ ।

Results : 1381 - 1386 of 22548