
गत वर्ष अभिनेता धीरज मगर र अभिनेत्री उपासना सिंह ठकुरीका लागि सुखद् रहेन । धीरजको ‘ज्याकी’ र ‘एक भगवत् एक गीता’ असफल भए । उपासनाको भने ‘हात्तीछाप’ चलेन । यसैले दुवैलाई यतिबेला सफल फिल्म चाहिएको छ । र, उनीहरु पहिलोपटक फिल्म ‘खुस्मा’मा एकसाथ देखिँदैछन् । यो फिल्मको केही प्रतिशत छायांकन भइसकेको छ भने बाँकी यसै हप्ताबाट सुरु गरिँदैछ ।

निर्देशक सुदर्शन थापाले आफ्नो नयाँ फिल्म ‘रावायण’को छायांकन सुरु गरेका छन् । सोमबार जनकपुरधामस्थित प्रख्यात जानकी मन्दिरको प्रांगणमा शुभमुहूर्तपछि त्यहाँको रेल्वे स्टेशनबाट छायांकन सुरु गरिएको हो । फिल्मको पहिलो सिन नै एक्सन खिचिएको छ । मुहूर्तमा निर्देशक थापासहित फिल्मका कलाकारहरु पल शाह, पूजा शर्मा, प्रमोद अग्रहरी, सुशान्त श्रेष्ठ आदि सहभागी थिए ।

अभिनेता दिव्य देव रंगमञ्चका उत्पादन हुन् । फिल्ममा भने ‘चिसो एस्ट्रे’बाट उनले डेब्यू गरे । यद्यपि, अभिनयको हिसाबले उनको पहिलो फिल्म ‘रुदाने’ हो, जुन वर्षौंदेखि अड्किएर बसेको छ । सशक्त अभिनय क्षमता र बोल्ड आवाजका कारण यतिबेला उनको नाटकभन्दा फिल्ममा व्यस्तता बढेको छ । प्राप्त जानकारीअनुसार, अहिले उनको पाइपलाइनमा लगभग आधा दर्जन फिल्म छन् ।

नेपालीमा एउटा उखान छ, ‘बुढाबुढीको झगडा परालको आगो ।’ अर्थात् क्षणमै सल्कन्छ र क्षणमै निभिहाल्छ । अभिनेता पल शाह र अभिनेत्री पूजा शर्माको सम्बन्ध पनि यो उखानको अर्थजस्तै छ । कहिले घनिष्ट देखिन्छन्, कहिले बोलचाल समेत हुँदैन । पलले जेल जीवन विताइरहँदा उनको पक्षमा पूजा खुलेरै देखिएकी थिइन् । पल जेलमुक्त भएपछि दुवैबीच लामो समय बोलचालै भएन ।

म्यूजिक भिडियोलाई कलाकारहरुको आम्दानीको राम्रो स्रोत मानिन्छ । लगभग एक दिनमै छायांकन सकिने, प्रचारमा खासै हिँड्न नपर्ने र पारिश्रमिक राम्रो प्राप्त हुने भएकाले फिल्ममा चलेका कलाकारहरु पनि म्यूजिक भिडियो भनेपछि लोभिन्छन् । पुरानादेखि नयाँसम्म धेरैजसोले म्यूजिक भिडियोमा अनुहार देखाइसकेका छन् । अब यो भीडमा अभिनेता आशीर्वाद क्षेत्री पनि थपिएका छन् ।

एनालगको जमानादेखि नै नेपाली फिल्म चोरीको आरोपबाट मुक्त हुन सकेको छैन । कुनै समयमा बलिउड फिल्मको कथा र दृश्य ढिक्कै उठाएर फिल्म बनाउने ट्रेन्ड थियो । केहीले राम्रो व्यापार पनि गरे । तर, इन्टरनेटको विकाससँगै विश्वका फिल्ममा दर्शकको पहुँच बढेपछि कथाको चोरीचकारीमा कमी आएको छ । यद्यपि, निर्मुल भैसकेको छैन । बेला बखतमा यस्ता घटना आइरहन्छन् ।