मिति : २०८२ वैशाख १६, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 1405 - 1410 of 22548
फिल्मीखबर, काठमाडौं, २०८१ वैशाख ९, आईतवार

यही बैशाख २८ गतेबाट प्रदर्शनमा आउन लागेको अभिनेत्री नीति शाहको डेब्यू फिल्म ‘खबुरे ब्रो’को नयाँ गीत सार्वजनिक गरिएको छ । ‘मनि मनि’ बोलको गीतमा कुशल पोखरेलको स्वर तथा शब्द र केपासको संगीत छ । यो गीतले पैसाको बयान गर्छ । आराम गर्नदेखि मान्छे जलाउनसम्म पैसा चाहिने गीतमा उल्लेख छ । भिडियोमा नीतिसहितका कलाकारहरु पैसा उडाउँदै प्रस्तुत छिन् ।

फिल्मीखबर, काठमाडौं, २०८१ वैशाख ९, आईतवार

नेपाल ग्रामीण चलचित्र महोत्सव (नेरुफ)को तेस्रो संस्करण सम्पन्न भएको छ । यही बैशाख ६ गतेदेखि ८ गतेसम्म रामेछाप जिल्लामा आयोजना भएको महोत्सवमा फिल्म प्रदर्शनपछि १६ विधामा अवार्ड प्रदान गरियो । लक्ष्मण सुवेदी निर्देशित ‘सतीदेवी’ले उत्कृष्ट फिल्मसहित पटकथा र अभिनेत्री (जुरी मेन्सन अवार्ड) गरी तीन विधामा अवार्ड जितेको छ । उत्कृष्ट निर्देशकको अवार्ड ‘दिमाग खराब’बाट निश्चल बस्नेतले प्राप्त गर्दा ‘नाङ्गो गाउँ’बाट दयाहाङ राईले उत्कृष्ट अभिनेता र ‘दिमाग खराब’बाट स्वस्तिमा खड्काले उत्कृष्ट अभिनेत्रीको अवार्ड जित्न सफल भए ।

फिल्मीखबर, काठमाडौं, २०८१ वैशाख ९, आईतवार

गत वर्षको सर्वाधिक सफल फिल्म ‘जारी’बाट निर्देशनमा डेब्यू गरेका कवि तथा आख्यानकार उपेन्द्र सुब्बाले दोस्रो फिल्मको रुपमा ‘मनसरा’ बनाएका छन्, जुन यही बैशाख २१ गतेबाट प्रदर्शनमा आउँदैछ । ‘जारी’लाई लिम्बू समुदायमा प्रचलित जारी प्रथामा आधारित भएर बनाएका उनले ‘मनसरा’मा अन्तरजातीय सम्बन्धको कथा उठान गरेका छन् । ट्रेलर रिलिजपछि फिल्मप्रति धेरैको अपेक्षा बढेको छ ।

फिल्मीखबर, काठमाडौं, २०८१ वैशाख ८, शनिवार

साउथ सुपरस्टार ज्योतिका सरवनले यसै साता ट्रेकिङमार्फत् सगरमाथा क्षेत्रको भ्रमण गरेकी छन् । साथीहरुसहित नेपाल आएकी उनी काठमाडौं हुँदै हवाई उडानमार्फत् लुक्ला क्षेत्र (सगरमाथा प्रवेशद्वार) ओर्लिएकी थिइन् । त्यसपछि ट्रेकिङ गर्दै उनी सगरमाथा बेसक्याम्प पुगिन् । दश दिन नेपालमा विताएकी उनले यात्राको क्रममा खिचेका तस्वीर र भिडियो इन्स्टाग्राममा पोस्ट गरेकी छन् ।

काठमाडौं, काठमाडौं, २०८१ वैशाख ७, शुक्रवार

आगामी शुक्रबार अर्थात् बैशाख १४ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘बोक्सीको घर’ यतिबेला ट्रेलर र ‘बुझिनँ मैले’ गीतका कारण चर्चा छ । प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण टिमले प्रचारमा पनि फरक शैली अपनाएको छ । सेलिब्रेटीहरुलाई फिल्मको नाम अंकित केक कोसेली पठाइएको छ भने हल-हलमा ‘बोक्सी हराएको सूचना’ राख्दै दर्शकहरुको ध्यान आकर्षित गरिएको छ ।

फिल्मीखबर, काठमाडौं, २०८१ वैशाख ७, शुक्रवार

नयाँ वर्षको अवसर पारेर चैत ३० गतेबाट प्रदर्शनमा आएको फिल्म ‘डिग्री माइला’ले एक सातामा ५ करोडमाथि ग्रस व्यापार गरेको दाबी गरिएको छ । शुक्रबार काठमाडौंमा एक कार्यक्रमका बीच फिल्मले ५ करोड ५ लाख कमाएको निर्माता मणिराम पोखरेलले जानकारी गराए । यो चलचित्र विकास बोर्डको तथ्यांक रहेको उनको जिकिर थियो । उनका अनुसार, फिल्मले काठमाडौं उपत्यकाभित्र २ करोड ५० लाख र उपत्यकाबाहिर २ करोड ५५ लाख कमाएको छ ।

Results : 1405 - 1410 of 22548