मिति : २०८२ वैशाख १६, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 1417 - 1422 of 22551
फिल्मीखबर, काठमाडौं, २०८१ वैशाख ६, बिहिवार
फिल्मीखबर, काठमाडौं, २०८१ वैशाख ६, बिहिवार

आगामी जेठ १० गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘फर्की फर्की’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक ३ मिनेट २६ सेकेण्ड लम्बाईको ट्रेलरले टाइम ट्राभल (समय यात्रा)को कथा भन्छ । म्याडी पात्र (अनमोल केसी)ले हरेकपल्ट गल्ती गर्दा उसको जीवन पहिलेकै अवस्थामा फर्किन्छ । त्यसपछि उसले आफूलाई भगवान् ठान्छ ।

फिल्मीखबर, काठमाडौं, २०८१ वैशाख ६, बिहिवार

नेपाली फिल्मको एउटा युग हाँक्ने निर्देशक हुन्, तुलसी घिमिरे । ‘बाँसुरी, कुसुमे रुमाल, बलिदान, दर्पण छाँया, चिनो, लाहुरे’ जस्ता अजम्बरी फिल्म दिएका उनी करिब ७ वर्षयता भने निर्देशनमा सक्रिय छैनन् । पछिल्लो फिल्म ‘दर्पण छायाँ २’को असफलतापछि निर्देशनबाट टाढा देखिएका उनी अब भने कमब्याकको तयारीमा जुटेका छन् । यस वर्ष एउटा फिल्म बनाउने उनको योजना छ ।

फिल्मीखबर, काठमाडौं, २०८१ वैशाख ६, बिहिवार

चलचित्र कलाकार संघले ६ वर्षदेखि रोकिएको ‘फान अवार्ड’लाई निरन्तरता दिने भएको छ । २०७२ र २०७४ साल गरी दुईपटक आयोजना भएको अवार्ड कोभिडपछि रोकिएको थियो । अब यस वर्ष अवार्डको तेस्रो संस्करण आयोजना गर्ने तयारीमा संघ जुटेको छ । २०७९ र २०८० सालमा रिलिज भएका फिल्मलाई समेट्दै अवार्ड प्रदान गरिने संघका महासचिव सविर श्रेष्ठले जानकारी दिए ।

फिल्मीखबर, काठमाडौं, २०८१ वैशाख ५, बुधवार

गायक तथा संगीतकार टंक बुढाथोकीको करिअरको ‘टर्निङ पोइन्ट’ मानिन्छ, ‘मनबिनाको धन ठूलो कि धनबिनाको मन’ गीत । ६ वर्ष अगाडि रिलिज भएको यो गीतले ठूलो ख्याति कमाएको थियो । अब यही गीतको नाममाथि टंकले फिल्म बनाउने भएका छन् । बुधबार लेखक शिवम् अधिकारीले उनलाई स्क्रिप्ट हस्तान्तरण गरे । बर्खायाम (असार) अगाडि नै छायांकनको तयारी गरिएको छ ।

फिल्मीखबर, काठमाडौं, २०८१ वैशाख ५, बुधवार

पहिलो फिल्म ‘जारी’बाटै ठूलो व्यावसायिक सफलता हासिल गरेका निर्देशक उपेन्द्र सुब्बाको दोस्रो फिल्म ‘मनसरा’को ट्रेलर सार्वजनिक गरिएको छ । बुधबार काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक साढे ४ मिनेट लम्बाईको ट्रेलरले सहर नजिककै एक बस्तीमा बस्ने दुई अलग समुदायका पात्रको कथालाई पेश गरेको छ । विवाहित ब्राह्मण पुरुष र लिम्बू महिलाबीचको नोकझोंक र आकर्षणमा ट्रेलर केन्द्रित छ ।

Results : 1417 - 1422 of 22551