मिति : २०८२ वैशाख १७, बुधवार

Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 1459 - 1464 of 22552
एजेन्सी, मुम्बई, २०८० चैत्र २७, मंगलवार

सुपरस्टार सलमान खानलाई बलिउडमा ईदको पर्याय मानिन्छ । किनकि, उनका अक्सर फिल्म ईदमा नै रिलिज हुन्छन् । र, बक्स अफिसमा ठूलो रेकर्ड बनाउँछन् । तर, यसपटकको ईदमा उनको फिल्म छैन । यसैले बलिउडमा माहोल पनि सुखद् देखिएको छैन । यद्यपि, ईदमा दुई ठूला फिल्म ‘बडे मियाँ छोटे मियाँ’ र ‘मैदान’ प्रदर्शन हुँदैछ । तर, दुवै फिल्मको माहोल निराशाजनक छ ।

फिल्मीखबर, काठमाडौं, २०८० चैत्र २७, मंगलवार

यस वर्षको सर्वाधिक सफल फिल्म ‘जारी’बाट उपेन्द्र सुब्बाले निर्देशनमा डेब्यू गरेका हुन् । कविको रुपमा परिचित उनलाई पहिलो फिल्मले नै सफलता दिलायो । उनलाई यतिबेला ‘जारी २’ बनाउन वितरकदेखि हल सञ्चालकसम्मको ठूलो दबाब छ । सिक्वेलभन्दा पनि नयाँ नाम र कथामा फिल्म बनाउनुपर्छ भन्ने मान्यता राख्ने गरेका उनी अन्ततः ‘जारी’को सिक्वेल बनाउने निर्णयमा पुगेका छन् ।

फिल्मीखबर, काठमाडौं, २०८० चैत्र २७, मंगलवार

अभिनेत्री आँचल शर्माका लागि यस वर्ष (२०८०)को सुरुवात निराशाजनक बन्यो । बैशाखमा रिलिज भएको चर्चित फ्रेन्चाइज फिल्म ‘नाईँ नभन्नू ल’को छैटौं श्रृंखला असफल बनेको थियो । यसको नतिजा उनका लागि अनपेक्षित थियो । अब यस वर्षका लागि उनको अन्तिम फिल्म ‘डिग्री माइला’ यही शुक्रबारदेखि प्रदर्शनमा आउँदैछ । यो फिल्मले वर्षको अन्त्य सुखद् गराउने उनको विश्वास छ ।

फिल्मीखबर, काठमाडौं, २०८० चैत्र २६, सोमवार

अभिनेत्री नीति शाहको डेब्यू फिल्म ‘खजुरे ब्रो’ प्रदर्शनमा आइसकेको छैन । जसले गर्दा उनको कामको मुल्यांकन हुन बाँकी छ । तर, उनलाई लिएर फिल्म बनाउन मेकरहरुबीच भने प्रतिस्पर्धा नै चलिरहेको छ । गत महिना उनले फिल्म ‘रुखान’ सम्झौता गरिन् । निर्देशक दीवाकर भट्टराईको नयाँ फिल्ममा पनि उनले काम गर्ने चर्चा छ । फिल्म ‘बलिदान’मा पनि उनको सम्भावना प्रवल छ ।

फिल्मीखबर, काठमाडौं, २०८० चैत्र २६, सोमवार

बाल्यकालमै गायनमा उचाइँ चुमेका प्रेम परियार फिल्म ‘पर्खि बसे फर्की आउनेछु’बाट हिरो बनिसकेका छन् । ५ वर्ष अगाडि नै यो फिल्म निर्माण भएको हो । तर, सार्वजनिक प्रदर्शनमा आउन सकेको छैन । शनिबार काठमाडौंको जमलस्थित विश्वज्योति हलमा फिल्मको विशेष शो आयोजना गरिएको थियो । फिल्मकर्मी तथा अन्य व्यक्तिले अभिनयको तारिफ गर्दा प्रेम खुसी देखिएका थिए ।

Results : 1459 - 1464 of 22552