मिति : २०८२ वैशाख १७, बुधवार

Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 1477 - 1482 of 22552
फिल्मीखबर, काठमाडौं, २०८० चैत्र २२, बिहिवार

कुनै समय नेपाली फिल्ममा अभिनेता निखिल उप्रेतीको ठूलो जगजगी थियो । एउटै सेड्युलमा ३/४ वटासम्म फिल्ममा काम गर्थे । पोस्टरमा उनको अनुहार राखेको भरमा फिल्म चल्ने समय थियो । तर, समय सधैं एकनाश हुँदैन । ‘लुट’पछि हिरोको परिभाषा नै बदलियो । पर्दामा दयाहाङ राईजस्ता अनुहारको दबदबा बढ्दा निखिल जस्ता स्थापित कलाकारको उपस्थिति कमजोर हुँदै गयो ।

फिल्मीखबर, काठमाडौं, २०८० चैत्र २२, बिहिवार

मौलिक स्वाद बोकेको फिल्म थियो, ‘कबड्डी’ । यही फिल्मबाट रामबाबु गुरुङ निर्देशनमा स्थापित भए । उनलाई ‘खाँटी सर्जक’को समेत उपमा दिइयो । मौलिक पात्र र परिवेशको कथा पस्किएको ‘कबड्डी’ हरेक कोणबाट आदर्श फिल्म थियो । दोस्रो श्रृंखलाले पनि त्यो धर्म छाडेन । तर, यसको चौंथो श्रृंखलासम्म आइपुग्दा भने निर्देशक गुरुङ बजार केन्द्रित बढी भएको आरोप लागेको छ ।

फिल्मीखबर, काठमाडौं, २०८० चैत्र २२, बिहिवार

सन्तोष सेनको निर्माण तथा निर्देशनमा बन्न लागेको फिल्म ‘बलिदान’मा अभिनेत्री ऋचा शर्माले मुख्य भूमिकामा अभिनय गर्ने भएकी छन् । उनीसँग निर्देशक सेनले बिहीबार कागजी सम्झौता गरेका छन् । ऋचाले फिल्ममा निभाउने भूमिकाको बारेमा भने जानकारी गराइएको छैन । आगामी बैशाख अन्तिम साताबाट छायांकन सुरु गर्न लागिएको फिल्मले द्वन्द्वकालीन समयको कथा उठाउँदैछ ।

फिल्मीखबर, काठमाडौं, २०८० चैत्र २२, बिहिवार

सफल फिल्मको सिक्वेल बनाउने ट्रेन्ड चलेको छ, संसारभर । यो व्यापारिक हिसाबले सफल सूत्र मानिन्छ । बलिउडमा पनि यसको होडबाजी छ । नयाँ नाममा भन्दा सिक्वेल नै बढि बनिरहेका छन् । आगामी वर्ष पनि यसको ठूलो बाढी देखिँदैछ । अभिनेता अजय देवगनसँग मात्र ८ वटा सिक्वेल फिल्म छन् । यतिबेला उनी दुईवटा सिक्वेल फिल्म ‘सिंघम ३’ र ‘रेड २’को छायांकनमा व्यस्त छन् ।

फिल्मीखबर, काठमाडौं, २०८० चैत्र २१, बुधवार

नयाँ वर्ष २०८१ को अवसर पारेर चैत ३० गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘डिग्री माइला’को नयाँ गीत ‘किन ?’ सार्वजनिक गरिएको छ । बुधबार सार्वजनिक गीतमा हेमन्त रानाको शब्द रचना, संगीत तथा गायन रहेको छ । गीतमा अभिनेता दयाहाङ राई र अभिनेत्री आँचलबीचको नोकझोंकपूर्ण प्रेम देख्न सकिन्छ । फिल्मले अन्तरजातीय प्रेमकथालाई पनि उठाएको संकेत गीतले गर्छ ।

फिल्मीखबर, काठमाडौं, २०८० चैत्र २१, बुधवार
Results : 1477 - 1482 of 22552