
फिल्मको सफलता र असफलता दुवै कलाकारको हातमा हुँदैन । तर, यसले करिअरमा भने ठूलो अर्थ राख्छ । फिल्म सफल हुँदा करिअर सन्तुलित रहन्छ । फ्लपले संकटको अवस्थामा पुर्याउँछ । यसैले हरेक कलाकार फिल्मको सफलता नै चाहन्छन् । यसको अझ बढी दबाब ‘स्टार’ मानिएका कलाकारलाई हुन्छ । किनकि, फिल्म फ्लप हुँदा सिधै उनीहरुको स्टारडममाथि प्रश्न उठाइन्छ ।

बलिउड सुपरस्टार सलमान खानको करिअरको एउटा महत्त्वपूर्ण फिल्म मानिन्छ, ‘नो इन्ट्री’ । लगातार फिल्म असफल भइरहेको समयमा यसले उनलाई ठूलो राहत दिएको थियो । २० करोडमा बनेको फिल्मले भारतमा मात्र ४४ करोडमाथि कमाएको थियो । अब यसको दोस्रो श्रृंखला बन्ने भएको छ । तर, सलमान भने नअट्ने भएका छन् । नयाँ ‘स्टारकास्ट’ लिएर फिल्म बन्न लागेको हो ।


दीपक-दीपाको समूहबाट अलग भएपछि अभिनेता जितु नेपाल स्वतन्त्र रुपमा बाहिरी फिल्ममा काम गर्दै आइरहेका छन् । गत वर्ष उनी अभिनीत फिल्म ‘ह्यारी कि प्यारी’ रिलिज भएको थियो भने चाँडै फिल्म ‘कार्साङ’मा काम गर्दैछन् । अब उनको पाइपलाइनमा अर्को फिल्म थपिएको छ । निर्देशक बसन्त निरौलाको आगामी फिल्म ‘ज्वाइँ साब’मा उनी मुख्य भूमिकामा अनुबन्ध भएका छन् ।

यतिबेला नेपाली फिल्ममा एक्सनको ‘ट्रेन्ड’ देखिएको छ । धमाधम एक्सन कथावस्तुमा फिल्म बनिरहेका छन् । र, यस्ता फिल्मप्रति अभिनेत्रीहरुको समेत रुचि बढेको छ । रोमान्टिक र चुलबुले शैलीको भूमिकामा रुचाइएकी पूजा शर्मा पनि नयाँ फिल्म ‘दान्भी’मा एक्सन भूमिकामा प्रस्तुत हुँदैछिन् । करिब तीन महिना अगाडि सार्वजनिक भएको टिजरमा उनको छरितो एक्सन देखिएको थियो ।

प्रदीप शाहीको निर्देशनमा बन्न लागेको फिल्म ‘एक्लो’मा मुख्य कलाकारको ‘लाइनअप’ पूरा भएको छ । अभिनेता प्रदीप खड्का र अभिनेत्री बेनिशा हमालको जोडी बाँधिन लागेको फिल्ममा अभिनेता विजय लामा अघिल्लो साता अनुबन्ध भएका थिए । अब सुनिल थापा, एवन राज उप्रेती र कविता नेपालीको प्रवेश भएको छ । अभिनेत्री दीया पुनको पनि विशेष भूमिकामा रहने जनाइएको छ ।