
बाबु साहेव बलामीको निर्देशनमा फिल्म ‘साम्राज्य’ निर्माण हुने भएको छ । शुक्रबार काठमाडौंमा एक कार्यक्रमबीच कलाकारको लाइनअप सार्वजनिक गर्दै फिल्मको घोषणा गरियो । फिल्ममा प्रशान्त ताम्राकार, कुन्दन भारद्वाज, अनुजा लेप्चा र देव सिंहको भूमिका रहनेछ । कुन्दनलाई लिएर यसअघि निर्देशक बलामीले फिल्म ‘देव वाणी’ बनाइसकेका छन्, जुन प्रदर्शनको पखाईमा छ ।

अभिनेता अभयराज बरालको निर्माण तथा निर्देशनमा तयार भएको फिल्म ‘अर्ध पागल’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरमा पात्रहरुको मनोभाव दर्शाइएको छ । दुईजना मिल्ने साथी काठमाडौँदेखि लमजुङ्ग (घले गाउँ)सम्मको यात्रामा निस्कने क्रममा उनीहरुबीच आ-आफ्नो प्रेमिकालाई लिएर उत्पन्न मानसिक तथा शारीरिक द्वन्द्वमा फिल्म आधारित रहेको जनाइएको छ ।

‘प्रेमगीत’ निर्माता सन्तोष सेनको निर्देशनमा बन्न लागेको फिल्म ‘बलिदान’बाट अभिनेता विराज भट्टका छोरा समीर भट्टले डेब्यु गर्ने भएका छन् । शुक्रबार निर्माण कम्पनी आसुसेन फिल्मसले भट्टको फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै फिल्ममा उनको अभिनय रहने पुष्टि गरेको हो । पोस्टरमा समीर हिंसात्मक अवतारमा देखिएका छन् ।

सफलताको ग्यारेन्टी गर्ने फिल्म मानिन्छ, ‘जात्रा’ फ्रेन्चाइज । यसका अघिल्ला दुईवटा श्रृंखला ‘सुपरहिट’ भएका थिए । शुक्रबारबाट यसको तेस्रो सिक्वेल ‘महाजात्रा’ प्रदर्शनमा आएको छ । विदेश राइट्स र डिजिटल राइट्सबाट लगानी उठाइसकेको यो फिल्मले अब हलबाट गर्ने कमाई निर्माताको मुनाफा हुनेछ । तर, हिटको ट्याग पाउन भने फिल्मले नेपालमै लगानी सुरक्षित गर्नुपर्ने हुन्छ ।

यस वर्षको बैशाखमा प्रदर्शन भएको फिल्म ‘जारी’बाट कवि उपेन्द्र सुब्बाले निर्देशनमा डेब्यू गरेका थिए । उनको पहिलो फिल्मले नै बक्स अफिसमा ठूलो सफलता पायो । अब उनको दोस्रो निर्देशकीय फिल्म ‘मनसरा’ आगामी बैशाख २१ गतेबाट प्रदर्शन हुँदैछ । बिहीबार युट्युबमार्फत् फिल्मको २ मिनेट १५ सेकेण्ड लामो टिजर सार्वजनिक गर्दै कथावस्तुबारे महत्त्वपूर्ण खुलासा गरिएको छ ।

यही चैत २३ गतेबाट प्रदर्शन हुन लागेको शोभित बस्नेत निर्देशित फिल्म ‘बद्री बहादुर’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक ३ मिनेट २० सेकेण्ड लम्बाईको ट्रेलर कमेडी शैलीमा तयार पारिएको छ । भारतका चर्चित कमेडियन कपिल शर्माले दिएको शुभकामना सन्देश समेत राखिएको ट्रेलरमा दुईअर्थी संवादलाई प्राथमिकता दिइएको छ ।