मिति : २०८२ वैशाख १८, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 1555 - 1560 of 22557
फिल्मीखबर, काठमाडौं, २०८० चैत्र ५, सोमवार

नेपालमा बनेका सिक्वेलमध्ये अर्थपूर्ण मानिन्छ, ‘जात्रा’ श्रृंखला । यसको दोस्रो सिक्वेलमा कथा र पात्र दुवैले निरन्तरता पाएका थिए । र, कथालाई न्याय गर्न सफल थियो । अब तेस्रो सिक्वेल ‘महाजात्रा’ यही चैत ९ गतेबाट प्रदर्शनमा आउँदैछ । अघिल्ला दुई श्रृंखला पैसा र सुनमा केन्द्रित थिए । तेस्रो सिक्वेलमा पनि पैसा त छ तर राष्ट्रिय मुद्धालाई पनि उठाउन खोजिएको ट्रेलरले प्रष्ट संकेत गर्छ ।

फिल्मीखबर, काठमाडौं, २०८० चैत्र ५, सोमवार

महाशिवरात्रिको दिनबाट नेपालमा प्रदर्शनरत फिल्म ‘उपहार’ले अब विदेश प्रदर्शन सुरु गरेको छ । त्यसको सुरुवात अमेरिकाको कोलोराडो राज्यबाट भएको छ । आइतबार हार्किन्स थिएटरमा आयोजित फिल्मको पहिलो शोजमा दर्शक ‘ओभरफ्लो’ भएको अभिनेत्री रेखा थापाले जानकारी गराइन् । उनका अनुसार, फिल्म हेर्न गएका ४० प्रतिशत दर्शक टिकट अभावले फर्किएका हुन् ।

फिल्मीखबर, काठमाडौं, २०८० चैत्र ५, सोमवार

अहिलेका ‘स्टार’ अभिनेता प्रदीप खड्का र अभिनेत्री बेनिशा हमाल पहिलोपटक फिल्ममा एकसाथ देखिने भएका छन् । ‘अन्तिम संस्कार’ फेम्ड निर्देशक प्रदीप शाहीको आगामी फिल्ममा उनीहरुको जोडी बाँधिन लागेको हो । प्रदीपसँग अघिल्लो साता (फागुन २७ गते) उनकै जन्मदिनको दिन निर्माण टिमले कागजी सम्झौता गरेको थियो भने बेनिशालाई यसै साता अनुबन्धित गरिएको हो ।

फिल्मीखबर, काठमाडौं, २०८० चैत्र ५, सोमवार

अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरको मुख्य भूमिका रहेको फिल्म ‘घरज्वाइँ’को छायांकन सकिएको छ । गत फागुन ५ गते रुकुम पूर्वको लुगुम गाउँबाट सुरु भएको छायांकन एक महिनामा ‘प्याकअप’ भएको हो । आइतबार (चैत ४ गते) फिल्मको अन्तिम दृश्य खिचिएको थियो । छायांकन सकिएपछि रुकुमका स्थानीयहरुले फिल्मको टिमलाई फूलमालाले विदाई गरेका छन् ।

फिल्मीखबर, काठमाडौं, २०८० चैत्र ५, सोमवार

अभिनेत्री दीपिका प्रसाईं र निर्देशक दीवाकर भट्टराई अभिभावक बनेका छन् । उनीहरुलाई पुत्रलाभ भएको हो । आइतबार राति ८ः४५ बजे दीपिकाले कान्तिपथस्थित ग्राण्डी सिटी हस्पिटलमा शल्यक्रियामार्फत् पहिलो सन्तानको रुपमा छोरालाई जन्म दिएकी हुन् । आमा र छोराको स्वास्थ्य अवस्था सामान्य रहेको निर्देशक भट्टराईले जानकारी दिए । दुवै केही दिन अस्पतालमै बस्नुपर्नेछ ।

फिल्मीखबर, काठमाडौं, २०८० चैत्र ४, आईतवार

फिल्ममा डेब्यूका लागि मोडल नीति शाहले ठूलै संघर्ष गर्नुपर्‍यो । लगातार चारवटा फिल्म सम्झौता गर्दा पनि कुनै निर्माण भएनन् । यसपछि फिल्म ‘खजुरे ब्रो’बाट डेब्यू गरेकी उनले त्यसपछि निर्देशक सविर श्रेष्ठको फिल्म ‘रुखान’ सम्झौता गरिन् । उनले निर्देशक दीवाकर भट्टराईको नयाँ फिल्म ‘राजा’मा पनि काम गर्न लागेको जानकारी प्राप्त छ । यसरी हेर्दा उनलाई फिल्म अभाव देखिँदैन ।

Results : 1555 - 1560 of 22557