अभिनेत्री गौरी मल्लको छायाँमा परेको एउटा कला छ, गायन । बाल्यकालदेखि गायनमा सौखिन उनले वर्षौं पहिले केही गीत समेत रेकर्ड गराएकी छन् । तर, गायनभन्दा उनी अभिनयमा बढी रुचाइन् । र, अभिनय नै पेशा बन्न पुग्यो । जसले गर्दा उनले गायनलाई निरन्तरता दिन सकिनन् । तर, गायनप्रतिको हुटहुटी उनमा कहिल्यै कम भएन । अन्ततः वर्षौंपछि गौरी गायनमा फर्किएकी छन् ।
दीपेन्द्र लामाद्वारा निर्देशित फिल्म ‘नाङ्गो गाउँ’को दोस्रो रोमान्टिक गीत सार्वजनिक गरिएको छ । ‘सुन सुन सुन्दरी’ बोलको गीतमा अञ्जु पन्त र एसडी योगीको स्वर छ भने सुष्मा सिग्देलको शब्द रचना तथा सुशान्त गौतमको संगीत छ । रामजी लामिछानेको नृत्य निर्देशन रहेको गीतमा फिल्मका मुख्य अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरलाई रोमान्टिक मुद्रामा प्रस्तुत गरिएको छ ।
निर्माण आगवैदेखि नामका कारण विवादमा तानिएको फिल्म हो, ‘भगवत् गीता’ (छायांकनपछि नामको अघि ‘एक’ थपिएको हो) । विभिन्न धार्मिक संस्थाहरुले हिन्दू धर्मग्रन्थ ‘श्रीमद् भागवद् गीता’को नाममा फिल्म बनाउन नदिन चलचित्र विकास बोर्डमा निवेदन समेत बुझाएका थिए । तर, त्यसबेला सामसुमजस्तै भएको विवाद फिल्म प्रदर्शनको संघारमा रहँदा एकाएक उत्कर्षमा पुगेको छ ।
कुनै समय एउटै सेड्युलमा ३/४ वटासम्म फिल्मको छायांकनमा व्यस्त रहने गरेका सुपरस्टार निखिल उप्रेती विगत ६/७ वर्षदेखि पर्दाबाट गयल छन् । यो अवधिमा उनले प्रस्ताव आएका धेरै फिल्म अस्वीकार गरे । बरु जीवन र जगतका बारेमा आफ्नो अर्थपूर्ण र तर्कपूर्ण अभिव्यक्तिका कारण उनी चर्चामा रहने गरेका छन् । जसले उनीप्रतिको बुझाई र दृष्टिकोणमा नै परिवर्तन ल्याएको छ ।
अभिनेता सारुक ताम्राकारको आत्महत्या प्रकरणको वास्तविकता अझै खुल्न सकेको छैन । उनको परिवार तथा फिल्मकर्मीहरुले आत्महत्या दुरुत्साहनको आशंका गर्दै गम्भीर अनुसन्धानको माग गरिरहेका छन् । प्रहरीले भने अनुसन्धान जारी रहेको दाबी गर्दै आएको छ । तर, सारुकको निधनको २ महिना हुन लाग्दा समेत प्रहरीले कुनै कदम नचालेको भन्दै चर्को आलोचना भैरहेको छ ।
बलिउड सुपरस्टार सनी देओल अभिनीत फिल्म ‘गदर २’ले भारतीय बक्स अफिसमा पाँच सय करोडको रेकर्ड बनाउन सफल हुँदा उनका कान्छा छोरा राजवीर देओल बलिउड डेब्यूका लागि तम्तयार अवस्थामा छन् । सनीका जेठा छोरा करण देओलले भने सन् २०१९ मा फिल्म ‘पल पल दिल के पास’बाट अभिनय करिअरको सुरुवात गरेका थिए । तर, उनको पहिलो फिल्म नै फ्लप भयो ।