मिति : २०८२ वैशाख ६, शनिवार

Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 199 - 204 of 22516
फिल्मीखबर, काठमाडौं, २०८१ फाल्गुन १५, बिहिवार

‘कबड्डी’ जोडी दयाहाङ राई र विजय बराललाई मुख्य भूमिकामा लिएर निर्माण हुन लागेको फिल्म ‘वरिष्ठ बलराम’को प्रदर्शन मिति घोषणा गरिएको छ । महाशिवरात्रिको अवसर पारेर बुधबार युट्युबमार्फत टाइटल टिजर सार्वजनिक गर्दै आगामी वर्षको लक्ष्मीपूजा अर्थात् कात्तिक ३ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको हो । अहिलेसम्म उक्त मितिमा फिल्मलाई एकल रिलिजको अवसर छ ।

फिल्मीखबर, काठमाडौं, २०८१ फाल्गुन १४, बुधवार

शिवरात्रिको अवसर पारेर बुधबारबाट प्रदर्शनमा आएको ९ वर्षअघिको फिल्म ‘रेशम फिलिली’को सिक्वेल ‘फेरि रेशम फिलिली’ले मंगलबार साँझ ललितपुरको लबिम मलमा आयोजित प्रिमियरमा उत्साहजनक प्रतिक्रिया पाएको छ । प्रिमियरमा उपस्थित प्रायःले फिल्मको विषय उठान, कलाकारहरुको अभिनय र नव-निर्देशक निरोज महर्जनको कथावाचन शैलीको प्रशंसामा शब्द खर्चिए ।

फिल्मीखबर, काठमाडौं, २०८१ फाल्गुन १४, बुधवार

दिवंगत निर्देशक शिव रेग्मीकी भान्जी एकता पौडेलको निर्देशनमा बन्न लागेको फिल्म ‘हर्ष’को मुहूर्त गरिएको छ । महाशिवरात्रिको अवसर पारेर बुधबार काठमाडौंको ठमेलस्थित त्रिदेवी मन्दिरमा मुहूर्त गरिएको हो । मुहूर्त समारोहमा फिल्मका मुख्य कलाकारहरु खगेन्द्र लामिछाने, वर्षा राउत, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहाडी, सुवर्ण थापा, अंशु थापा लगायतको उपस्थिति थियो ।

फिल्मीखबर, काठमाडौं, २०८१ फाल्गुन १४, बुधवार

सर्वकालीन ब्लकबस्टर फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’का निर्देशक सरोज पौडेलले नयाँ फिल्म ‘कोशेढुंगा’को छायांकन सुरु गरेका छन् । महाशिवरात्रिको अवसर पारेर बुधबार च्यासलस्थित सेटमा मुहूर्त पूजा गरेपछि फिल्मको छायांकन सुरु गरिएको हो । करिब एक हप्ता काठमाडौंमा छायांकन हुनेछ । त्यसपछि बाँकी छायांकन स्याङ्जाको गाउँमा गरिने निर्देशक पौडेलले जानकारी दिए ।

फिल्मीखबर, काठमाडौं, २०८१ फाल्गुन १४, बुधवार

बलिउड फिल्म ‘जुगजुग जियो’ (२०२२)मा अभिनेता वरुण धवनकी बहिनीको भूमिकामा अभिनय गरेकी प्रजक्ता कोली नेपालकी बुहारी बनेकी छन् । उनले नेपाली युवक वृशांक खनालसँग मंगलबार विवाह गरेकी हुन् । उनीहरुको विवाह भारतको खालापुर सहरमा रहेको पाँचतारे रिसोर्ट ओलियन्डर फार्ममा भएको हो । दुवैले विवाहका तस्वीर सामाजिक सञ्जालमा सेअर गरेका छन् ।

फिल्मीखबर, काठमाडौं, २०८१ फाल्गुन १४, बुधवार

अशोक शर्माले ६ वर्षपछि फिल्म निर्देशनमा पुनरागमन गर्ने भएका छन् । उनले फिल्म ‘डबल ट्रिपल’ निर्देशन गर्न लागेका हुन् । बुधबार महाशिवरात्रिको अवसर पारेर एक पोस्टरमार्फत उनले शीर्षक र कलाकारबारे जानकारी गराए । फिल्ममा दयाहाङ राई, खगेन्द्र लामिछाने, केकी अधिकारी, मिरुना मगर, विल्सन विक्रम राई, उदय सुब्बा, राजाराम पौडेल लगायतको अभिनय रहनेछ ।

Results : 199 - 204 of 22516