मिति : २०८२ वैशाख ६, शनिवार

Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 205 - 210 of 22516
फिल्मीखबर, काठमाडौं, २०८१ फाल्गुन १४, बुधवार

महाशिवरात्रिको अवसर पारेर बुधबारबाट तीन फिल्म ‘लाज शरणम्’, ‘मायावी’ र ‘फेरि रेशम फिलिली’बीच बक्स अफिस प्रतिस्पर्धा सुरु भएको छ । यी तीनवटै फिल्मले मल्टीप्लेक्सहरुमा उत्साहजनक शो पाएका छन् । ‘लाज शरणम्’ अन्य दुई फिल्मभन्दा शोमा अगाडि देखिन्छ । र, यसको बुकिङ पनि उत्साहप्रद छ । काठमाडौंमा फिल्मको बिहानका धेरैजसो शो हाउसफुल भएका छन् ।

फिल्मीखबर, काठमाडौं, २०८१ फाल्गुन १३, मंगलवार

कलाकार बुद्धि तामाङ ‘हैट’को पहिलो निर्माण रहेको फिल्म ‘कुस्ती’को छायांकन सुरु गरिएको छ । मंगलबार काठमाडौँस्थित मातातीर्थमा मुहूर्त पूजा गर्दै फिल्मको छायांकन थालिएको हो । फिल्मका लागि पहिलो सट मुख्य कलाकारहरु धीरज मगर, पुस्कर गुरुङ र लुनिभा तुलाधरले दिएका थिए । काठमाडौँमा ४५ दिनसम्म फिल्मको छायांकन गरिने निर्देशक अनिल योञ्जनले बताए ।

फिल्मीखबर, काठमाडौं, २०८१ फाल्गुन १३, मंगलवार

फागुको अवसर पारेर यही फागुन २९ गतेबाट प्रदर्शनको तयारीमा रहेको एक्सन फिल्म ‘आउट ल : दफा २१९’ले ‘न्याय’ शीर्षकमा ‘र्‍याप प्रतियोगिता’ आयोजना गरेको छ । यसमा सहभागी हुन इच्छुकले ‘न्याय’ शीर्षकमा र्‍याप गीत तयार पारेर पठाउनुपर्ने निर्माता अमित अग्रहरिले जानकारी दिए । उनका अनुसार प्रतिस्पर्धीले आफूले लेखेको गीतलाई रेकर्ड गराएर भिडियो पठाउन सक्नेछन् ।

फिल्मीखबर, काठमाडौं, २०८१ फाल्गुन १३, मंगलवार

अभिनेता राजेश हमाल फिल्मको प्रिमियरमा विरलै देखिन्छन् । धेरैपछि उनी सोमबार फिल्म ‘मायावी’को प्रिमियरमा उपस्थित भए । यसका निर्देशक दीवाकर भट्टराईको नयाँ फिल्म ‘नरसिंहा : अवतार’मा काम गरेकाले पनि उनी प्रिमियरमा सहभागी भएका थिए । र, उनी नै प्रिमियरको प्रमुख आकर्षणको पात्र रहे । उनले फिल्म हेरेपछि दिएको प्रतिक्रियाले निर्माण पक्ष उत्साहित बनेको छ ।

फिल्मीखबर, काठमाडौं, २०८१ फाल्गुन १३, मंगलवार

महाशिवरात्रिको अवसर पारेर भोलिबाट प्रदर्शनमा आउन लागेका तीन फिल्म ‘लाज शरणम्’, ‘मायावी’ र ‘फेरि रेशम फिलिली’लाई देशभरका मल्टीप्लेक्सहरुले शो उपलब्ध गराउँदै अग्रिम बुकिङ खुलाएका छन् । तीन फिल्ममध्ये शो संख्यामा ‘लाज शरणम्’ केही अगाडि देखिएको छ । यसले देशभर डेढ सय हाराहारी शो प्राप्त गरेको छ । र, फिल्मको बुकिङ पनि उत्साहप्रद देखिएको छ ।

फिल्मीखबर, काठमाडौं, २०८१ फाल्गुन १३, मंगलवार

भोलि महाशिवरात्रिको दिन पारेर तीन फिल्म ‘लाज शरणम्’, ‘मायावी’ र ‘फेरि रेशम फिलिली’बीच बक्स अफिसमा भिडन्त हुँदैछ । मंसिरयता सुस्ताएको फिल्मको व्यापारलाई यी तीन फिल्मले चलायमान बनाउने ठूलो अपेक्षा गरिएको छ । तर, फिल्मकर्मीहरूमा भने तीन फिल्मलाई लिएर कित्ताकाटजस्तै देखिएको छ । केहीले आफू नजिक व्यक्तिको फिल्मलाई मात्र समर्थन गरिरहेका छन् ।

Results : 205 - 210 of 22516