मिति : २०८२ वैशाख ८, सोमवार
Most Recent News Headlines
Results : 21475 - 21480 of 22523

फिल्मीखबर, काठमाण्डौ, २०६८ वैशाख १७, शनिवार
नेपाल चलचित्र संघको ४४ औं साधारण सभा राजधानीको भाटभटेनी स्थित वेगम पार्टी प्यालेसमा सम्पन्न भएको छ । संचार मन्त्री कृष्णबहादुर महराको प्रमुख अतिथ्यमा सम्पन्न भएको सो कार्यक्रममा संघको अध्यक्ष पदमा राजकुमार पोखरेल बिजयी भए भने आठ चलचित्रकर्मीहरूलाई पनि सम्मान गरियो ।

फिल्मीखबर, काठमाण्डौ, २०६८ वैशाख १७, शनिवार
नेपाल चलचित्र संघको अध्यक्ष पदमा राजकुमार पोखरेल बिजयी भएका छन् । शुक्रबार राजधानीमा आयोजना गरिएको संघको ४० औं साधारण सभामा उनले आफ्ना प्रतिद्वन्दी रामवीर मानन्धरलाई ३९ मतको अन्तरले पछि पार्दै पुन: संघको अध्यक्ष पदको जिम्वेवारी सम्हाल्ने भएका छन् ।

फिल्मीखबर, काठमाण्डौ, २०६८ वैशाख १६, शुक्रवार
अहिले निर्देशक नरेश पौड्यालको अनुहारमा चमक देखिन थालेको छ । बिगतका समयमा भन्दा उनी अहिले राम्रा देखिन लागेका छन् । उनी यसरी दिन प्रतिदिन राम्रो हुँदै जानुको मुख्य कारण रक्सी पिउन छोड्नु हो ।

फिल्मीखबर, काठमाण्डौ, २०६८ वैशाख १६, शुक्रवार
नेपाल चलचित्र संघको ४४ औं साधारण सभा राजधानीको भाटभटेनी स्थित वेगम पार्टी प्यालेसमा चलिरहेको छ । सभाको पहिलो चरणको कार्यक्रम सकिएर दोस्रो चरणको कार्यक्रम शुरू भएको छ ।

फिल्मीखबर, काठमाण्डौ, २०६८ वैशाख १६, शुक्रवार
केहि समय अगाडी पाईरेसी काण्डमा परेको चलचित्र 'बाटो मुनिको फूल' को डिभिडी तथा भिसिडीलाई हाईटेक इन्टरटेन्मेन्टले बजारमा ल्याउँदै छ ।

फिल्मीखबर, काठमाण्डौ, २०६८ वैशाख १५, बिहिवार
एमएस अग्रजले निर्देशन गरेको पहिलो चलचित्र 'मार्यो नि मायाले मार्यो' शुक्रबारबाट मोफसलका सिनेमा घरहरूमा प्रदर्शन हुँदैछ । मोफसलका पोखरा, बुटलब, नारायणघाट, बिर्तामोड लगायतका करिब एक दर्जन सिनेमा घरहरूमा सो चलचित्र रिलिज हुँदैछ ।