मिति : २०८२ वैशाख ७, आईतवार

Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 21607 - 21612 of 22519
फिल्मीखबर, काठमाण्डौ, २०६७ चैत्र २, बुधवार
नायिका ऋचा सिंह ठकुरीले आफू नहराएको बताएकी छिन् । फिल्मीखबरले करिब एक महिना अगाडी ऋचा हराएको कुरा सार्वजनिक गरेको थियो र सो कुरालाई खण्डन गर्दै ऋचाले आफू हराएको नभएर बिदेश भ्रमणमा गएको बताईन् ।
फिल्मीखबर, काठमाण्डौ, २०६७ चैत्र २, बुधवार
चलचित्र 'नाइ नभन्नु ल' बाट एकाएक चर्चामा आएका निर्देशक बिकाश आचार्यले तेस्रो चलचित्र 'म तिम्रो भईसकें' को निर्देशन गरिरहेका छन् । चलचित्रको गत फाल्गुन २७ गतेबाट छायाँकन शुरू गरिएको निर्देशक आचार्यले फिल्मीखबरलाई जानकारी दिए ।
फिल्मीखबर, काठमाण्डौ, २०६७ चैत्र २, बुधवार
भर्खरै मात्र सम्पन्न नेफ्टा अवार्डमा नायिका रेखा थापाले सर्वोत्कृष्ट नायिकाको अवार्ड हात पारिन् । अवार्ड हातपारे पनि रेखाको मन खुसी देखिएन । कारण उनले अवार्ड हात पार्नु भनेको एक निर्देशकलाई किस गर्नु हो ।
फिल्मीखबर, काठमाण्डौ, २०६७ चैत्र २, बुधवार
चर्चित निर्देशक किशोर रानाका भाई रञ्जित रानाले निर्देशन गरेको पहिलो चलचित्र 'सहारा' चैत्र ४ गते शुक्रबारबाट राजधानीका हलहरूमा प्रदर्शन हुँदैछ ।
फिल्मीखबर, काठमाण्डौ, २०६७ चैत्र १, मंगलवार
चलचित्र मैनाका निर्देशक केपी पाठक युरोप भ्रमणमा निस्कँदै छन् । चलचित्र निर्देशक समाजका अध्यक्ष समेत रहेका पाठक चलचित्र 'मैना' लाई यूरोपियन मुलुकमा प्रदर्शन गर्न त्यसतर्फ जान लागेका हुन् ।
अर्पण ढकाल, धरान, २०६७ चैत्र १, मंगलवार
हल सञ्चालन गरेको तीस वर्ष भन्दा बढि समय पार गरिसकेको धरान स्थित गणेश टाकिजमा पनि डिजिटल प्रविधिले प्रवेश पाउने भएको छ । चलचित्र भवनलाई यतिबेला नयाँ स्वरुपमा परिवर्तनको साथ सञ्चालनमा ल्याउन धमाधम विविध निर्माणकार्य भैरहेको छ ।
Results : 21607 - 21612 of 22519