मिति : २०८२ वैशाख ७, आईतवार
Most Recent News Headlines
Results : 21625 - 21630 of 22517

फिल्मीखबर, काठमाण्डौ, २०६७ फाल्गुन २६, बिहिवार
शुक्रबार अर्थात भोलीका दिन चलचित्र पत्रकारहरू बिच चुनावी लडाईं हुँदैछ । राजधानीको नक्साल स्थित होटल क्राउन प्लाजामा चलचित्र पत्रकार संघको साधारण सभाले नयाँ कार्यसमिती चयन गर्दैछ र त्यही कार्यसमितिका लागी उम्मेदवार पत्रकारहरू बिच चुनावी भिडन्त हुन लागेको हो ।

फिल्मीखबर, पोखरा, २०६७ फाल्गुन २५, बुधवार
गुरुङ फिल्म एसोसिएसन (जिफा) ले पर्यटकिय नगरी पोखरामा 'पोखरा अर्न्तराष्ट्रिय चलचित्र महोत्सव' को आयोजना गर्दैछ । फाल्गुनको २७ र २८ गते हुने सो महोत्सवमा आदिवासी चलचित्र र नेपाली चलचित्र प्रदर्शन गरिने आयोजकले जनाएको छ ।

फिल्मीखबर, काठमाण्डौ, २०६७ फाल्गुन २५, बुधवार
बलिउड चर्चित अभिनेता शाहरूख खान र अभिनेत्री प्रियंका चोपरा नेपाल आउने भएका छन् । नेपाली नयाँ बर्ष २०६८ सालको उपलक्ष्यमा ओडिसी नेटवर्कले आयोजना गर्न लागेको सांगितिक कार्यक्रममा सहभागी हुन उनीहरू नेपाल आउन लागेको बुझिएको छ ।

फिल्मीखबर, काठमाण्डौ, २०६७ फाल्गुन २५, बुधवार
पर्यटकिय ताल नगरी पोखरामा चलचित्र 'बोस' को मुहुर्त गरिएको छ । बुधबार बिहान करिब १० बजे तिर पोखराको चर्चित होटल फुलबारी रिसोर्टमा माओवादी अध्यक्ष पुष्पकमल दाहालका पुत्र प्रकाश दाहालले चलचित्रको मुहुर्त सट दिएका थिए ।

फिल्मीखबर, काठमाण्डौ, २०६७ फाल्गुन २५, बुधवार
मानिसको आ-आफ्नै इच्छा, चाहना तथा सपना हुन्छन् । कसैका पूरा हुन्छन् त कसैका अधुरै रहन्छन् । यस्तै नेपाली चलचित्रको एउटा ब्राण्ड नायिका निरूता सिंहको पनि एउटा गजबको इच्छा रहेछ ।

फिल्मीखबर, काठमाण्डौ, २०६७ फाल्गुन २५, बुधवार
मंगलबार मध्यान्न करिब साढे एक बजे तिर काठमाण्डौको ठमेल नजिकैको अस्कल क्याम्पस अगाडी चलचित्र 'गुडबाई काठमाण्डौ' को सुटिङ युनिट माथी प्रहरीले हस्तक्षेप मात्र गरेन की चलचित्रका सह-निर्माता तथा सह-निर्देशक किरण पौडेल र मुख्यसहायक निर्देशक राजेश बिश्वकर्मालाई दुई घण्टा हिरासतमा समेत लियो ।