मिति : २०८२ वैशाख ७, आईतवार
Most Recent News Headlines
Results : 21643 - 21648 of 22517

फिल्मीखबर, काठमाण्डौ, २०६७ फाल्गुन २१, शनिवार
चैत्र महिनाको दोस्रो या तेस्रो साता सार्वजनिक हुन लागेको चलचित्र 'निगरानी' को अडियो सिडी लञ्च नगरी बजारमा पठाईएको छ । केहि दिन अगाडी नाट्यश्वरी माताको सामान्य पूजाआजा गरी चलचित्रको अडियो सिडी बजारमा पठाएको निर्माता सुसिल पोखरेलले फिल्मीखबरलाई जानकारी दिए ।

फिल्मीखबर, काठमाण्डौ, २०६७ फाल्गुन २०, शुक्रवार
बिकाश आचार्य निर्देशित चलचित्र 'नाइ नभन्नु ल' को शिर्ष गीत सिआरबिटीमा मात्र नभएर यु ट्युबमा पनि अगाडी देखिएको छ ।

फिल्मीखबर, काठमाण्डौ, २०६७ फाल्गुन २०, शुक्रवार
आगामी चैत्र २५ गते सार्वजनिक हुने भनिएको चलचित्र 'मालतीको भट्टी' अन्तत: सो दिन सार्वजनिक नहुने भएको छ । चलचित्रको वर्तमान अवस्थाको बिग्रंदो व्यापारलाई मध्यनजर गर्दै चलचित्रको रिलिज डेट केहि पछि सारिएको निर्माता प्रदिप उदयले फिल्मीखबरलाई जानकारी दिए ।

फिल्मीखबर, काठमाण्डौ, २०६७ फाल्गुन २०, शुक्रवार
नेपाल चलचित्र प्राविधिक संघको आयोजनामा तीन वर्षदेखि सञ्चालन हुँदै आएको नेफ्टा अवार्डको चौथो संस्करण आगामी फागुन २८ गते हुँदैछ । ३१ विधामा अवार्ड प्रदान गरिने सो समारोह राजधानीको होटल सोल्टी क्राउन प्लाजामा हुँदै छ ।

फिल्मीखबर, काठमाण्डौ, २०६७ फाल्गुन २०, शुक्रवार
मिराकल फिल्मस्को ब्यानरमा बिरेन श्रेष्ठले निर्माण गरेको चलचित्र 'मि मंगले' को शुक्रबार बिहान प्रिमियर गरियो । राजधानीको जमल स्थित बिश्वज्योती सिनेमा घरमा आयोजना गरिएको सो प्रिमियरमा चलचित्रकर्मी तथा सञ्चारकर्मीको उपस्थिती रहेको थियो ।

फिल्मीखबर, काठमाण्डौ, २०६७ फाल्गुन १९, बिहिवार
महाशिबरात्रीमा लठ्ठिएका केहि व्यक्तिहरूले बुधबार साँझ चलचित्र हात लाग्यो शून्यको गाडी तोडफोड गरेका छन् । बुटवलबाट चलचित्रको छायाँकन सकेर काठमाण्डौ फर्कने बेलामा चितवनको रामनगर स्थित जिरो किलो भन्ने स्थानमा केहि युवाहरूले नशाको शुरमा गाडी तोडफोड गरेको चलचित्रका निर्देशक बिजयबिक्रम बस्नेतले फिल्मीखबरलाई जानकारी दिए ।