मिति : २०८२ वैशाख ७, आईतवार
Most Recent News Headlines
Results : 21691 - 21696 of 22517

फिल्मीखबर, काठमाण्डौ, २०६७ फाल्गुन ८, आईतवार
रिजाल एण्ड रिजाल फिल्मसको व्यानरमा रामप्रसाद रिजालले निर्माण गरेको चलचित्र 'कसम' आगामी शुक्रबार अर्थात फाल्गुन १३ सार्वजनिक हुने भएको छ ।

फिल्मीखबर, काठमाण्डौ, २०६७ फाल्गुन ८, आईतवार
शुक्रबारबाट देशभर एकसाथ प्रदर्शनमा आएको चलचित्र 'मनमनै मन पराएँ' लाई दर्शकले पनि मनमनै मन पराएको दाबी चलचित्रको निर्माण युनिटले गरेको छ ।

फिल्मीखबर, काठमाण्डौ, २०६७ फाल्गुन ८, आईतवार
खस क्षेत्री एकता समाज आदिवासी जनजातीको भातृ संस्था खस क्षेत्री एकता समाज आदिवासी जनजातीको कलाकर्मी समाज गठन गरिएको छ ।

बाबुराम सुवेदी, धरान, २०६७ फाल्गुन ७, शनिवार
सँधै पर्दामा देखिने कलाकारहरु र पर्दा पछाडी रहेर चलचित्र निर्माण गर्ने निर्माताहरू शनिबार धरानमा फुटवल खेल्न व्यस्त भए । चलचित्र निर्माता र मोडलहरुको सो प्रतियोगितामा ३-० गोलका अन्तरले निर्माता टिमलाई मोडेलहरुले पराजित गरे ।

फिल्मीखबर, काठमाण्डौ, २०६७ फाल्गुन ७, शनिवार
निर्माता दिपक रमणले आफ्नो चलचित्र 'मन परेपछि' को सफलताका लागी भोलि बिहान लाख बत्ती बाल्ने भएका छन् । आफन्त र केहि चलचित्रकर्मी माझ गरिन लागेको सो पूजा ललितपुरको नख्खु स्थित बैष्णव मन्दिरमा बिहान ८ बजेबाट शुरू हुने निर्माता रमणले जानकारी दिए ।

फिल्मीखबर, काठमाण्डौ, २०६७ फाल्गुन ७, शनिवार
माओवादीले सञ्चालन गरेको दश बर्षे युद्धको अन्तरकथाको साथमा दुई सय चालिस बर्षे राजतन्त्रको पतनको पृष्ठभुमिलाई समेटेर निर्माण गरिएको वृत्तचित्र 'हिउँका लप्काहरू' शुक्रबारबाट देशभरका करिब ४० सिनेमा घरमा प्रदर्शन भईरहेको छ ।