मिति : २०८१ कार्त्तिक १६, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 21769 - 21774 of 21859
फिल्मीखबर, काठमाण्डौ, २०६७ भाद्र ६, शनिवार
देशमा व्याप्त हत्या, हिंसा तथा अपहरणका घटनाक्रमलाई समेटेर निर्माण गरिएको चलचित्र 'तिमी बिनाको जीवन' शुक्रबारबाट मोफसलका हलहरूबाट प्रदर्शनमा आएको छ । इभा फिल्म्सको ब्यानरमा राज शाक्यले निर्देशन गरेको सो चलचित्रमा माया प्रेमका कथालाई पनि प्रस्तुत गरिएको छ ।
अनुप भट्टराई, काठमाण्डौ, २०६७ भाद्र ६, शनिवार
भदौ १६ गते हुने मिस नेपाल २०१०   प्रतियोगिताको ट्यालेन्ट राउण्ड सम्पन्न भएको छ । शुक्रबार अपरान्ह कमलपोखरी स्थित रूसी सास्कृति केन्द्रमा १८ जना प्रतियोगीहरूले पाँच जना निर्णायक सामू  र केही दर्शकहरूको माझ  आफुमा भएको ट्यालेन्ट प्रस्तुत गरेका थिए ।
फिल्मीखबर, काठमाण्डौ, २०६७ भाद्र ६, शनिवार
दिपक श्रेष्ठले निर्देशन गरेको चलचित्र 'हिम्मत - २' मा अधिकांश कलाकारहरू दोहोरो भुमिकामा प्रस्तुत हुँदैछन् । पछिल्लो समयमा चलचित्रमा दोहोरो भुमिका हराउँदै गएको अवस्थामा दिपकले भने आफ्नो चलचित्रमा नायक, नायिका तथा हास्यकलाकारलाई दोहोरो भुमिकामा प्रस्तुत गरेका हुन् ।
फिल्मीखबर, काठमाण्डौ, २०६७ भाद्र ६, शनिवार
शुक्रबारबाट सार्वजनिक भएको चलचित्र 'कानुन' मा कानुनको पालना गर्ने तथा कानुनको उल्लंघन गर्नेबीचको द्वन्द्व छ । करिब दुई वर्षअघि निर्माण भएको चलचित्र 'कानुन' को लेखक तथा निर्देशक उदय सुब्बा हुन् ।
कृष्ण न्यौपाने, दमौली, २०६७ भाद्र ५, शुक्रवार
नेपाली कथानक चलचित्र "फस्टलभ" का कलाकार र निर्माताले मंगलबार दमौलीको उत्तरशीला चलचित्र मन्दिरमा दर्शकसँग चलचित्र हेरेका छन् ।
कृष्ण न्यौपाने, दमौली, २०६७ भाद्र ५, शुक्रवार
गीत संगीतको माध्यमबाट तनहूँलाई प्रचारप्रसार गर्ने उद्देश्यले निर्माण गरिएको 'तनहूँ कालिका चिनेनौं कि मायालु दिलको मालिक'  बोलको गीत सार्वजनिक गरिएको छ । फोटो पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोरा मियाँले सो गीत र्सार्वजनिक गरेका हुन् ।
Results : 21769 - 21774 of 21859