मिति : २०८२ वैशाख ८, सोमवार
Most Recent News Headlines
Results : 22129 - 22134 of 22521

फिल्मीखबर, काठमाण्डौ, २०६७ कार्त्तिक २१, शनिवार
अभिनेत्री रेखा थापाले निर्माण गरेको चलचित्र 'हिफाजत' मा पहिलोपटक नायक भई काम गरेका आयुष रिजालको व्यस्तता अहिले दिनदिनै बढ्दै गइरहेको छ । दुई बर्षको बीचमा उनले आठ चलचित्रमा अभिनय गरिसकेका छन् ।

फिल्मीखबर, काठमाण्डौ, २०६७ कार्त्तिक २०, शुक्रवार
गएको दशैको समयमा आँठ दिनको लागि स्थगित गरिएको सम्पूर्ण फिल्मका सुटिङ्गहरू तिहारको लागि पनि स्थगित गरिएको छ ।
आज शुक्रबार लक्ष्मी पुजाको दिनबाट पूर्ण रुपमा स्थगित गरिएको सुटिङ्ग आगामी बिहिबार सम्म जारी रहने फिल्म बनाईरहेका चलचित्रकर्मीहरूले जानकारी दिएका छन् ।

फिल्मीखबर, काठमाण्डौ, २०६७ कार्त्तिक २०, शुक्रवार
कम्मरमा केही गडबडी देखिएपछी नौ दिन अघि अस्पताल भर्ना भएका रंग पत्रकार अनन्त वाग्लेको स्पाईनलकर्डमा समस्या देखिएको छ ।
दुई दशक यता निरन्तर रंगपत्रकारिता गरिरहेका वाग्लेको काठमाण्डौ बासबारी स्थित वेलनेश अस्पतालमा उपचार भईरहेको छ ।

अनुप भट्टराई, काठमाण्डौ, २०६७ कार्त्तिक २०, शुक्रवार
चलचित्र उद्योगमा नायिका झरना थापालाई सरल र सभ्य नायिकाको रूपमा धेरैले चिन्छन् । एक बर्षअघि श्रीमान सुनिल कुमार थापाको कारण एक जना नायिकासंग विवादमा परेकी थापा त्यो बाहेक अन्य कुनै कुराले विवादमा मुछिएकी छैनन् ।

फिल्मीखबर, काठमाण्डौ, २०६७ कार्त्तिक २०, शुक्रवार
नेपाली चलचित्र क्षेत्रमा एक बर्ष अगाडी मात्र प्रवेश गरेकी नवनायिका सुमिना घिमिरे र तीन बर्ष अगाडी निर्देशकको रूपमा प्रवेश गरेका निर्देशक सुरेशदर्पण पोखरेलको आज जन्मदिन परेको छ ।

फिल्मीखबर, काठमाण्डौ, २०६७ कार्त्तिक १९, बिहिवार
छोटो समयमा निकै चर्चा कमाउन सफल क्यामेरा म्यान संञ्जय लामाको गेटअप कुनै चाइनिजको भन्दा कम छैन ।