
यसपालि दशैंको फूलपातीमा आएका तीन फिल्ममध्ये ‘१२ गाउँ’ र ‘छक्का पञ्जा ५’ले बक्स अफिसमा आक्रामक व्यापार गरे । दुई फिल्मले गरी लगभग ४० करोड कमाए । यही देखेर यतिबेला एकपछि अर्को निर्माताले आगामी दशैंको फूलपातीलाई फिल्मको प्रदर्शन मिति घोषणा गरिरहेका छन् । अहिलेसम्मको अवस्था हेर्दा आठवटा फिल्म आगामी फूलपातीमा रिलिज हुने देखिएको छ ।

सन् २०१६ मा रिलिज भएको बलिउड फिल्म थियो, ‘सनम तेरी कसम’ । त्यसबेला फिल्म बक्स अफिसमा सुपरफ्लप बनेको थियो । २५ करोडको लागतमा बनेको फिल्मले लगभग १ करोडको ओपनिङ गरेको थियो भने कूल व्यापार ८ करोड भएको थियो । तर, जब फिल्म टिभी र युट्युबमा रिलिज भयो तब दर्शकले निकै रुचाए । युट्युबमा मात्र फिल्मलाई १५ करोड बढीले हेरिसकेका छन् ।

निर्माणको तयारीमा रहेको फिल्म ‘जनै हराएको बाहुन’मा कलाकारको रोचक ‘लाइनअप’ तयार हुने क्रम जारी छ । केही दिनअघि अभिनेताद्वय विजय बराल र मनिष राउतलाई मुख्य भूमिकामा अनुबन्धित गरिएको थियो । अब फिल्ममा थप दुईजना कलाकार जोडिएका छन् । ‘साइँली’ फेम्ड अभिनेता गौरव पहाडी र ‘खजुरे ब्रो’ फेम्ड अभिनेता रियर राईलाई निर्माताले अनुबन्ध गरेका हुन् ।

यतिबेला नेपाली फिल्ममा अघिल्लो पुस्ताका अभिनयमा निस्क्रिय कलाकारहरुको कमब्याकको लहर चलेको छ । पूजा चन्द, ऋचा शर्मा, विपना थापा, रेजिना उप्रेती, राजबल्लभ कोइराला जस्ता कलाकारहरुले अभिनयमा पुनरागमन गरिसकेका छन् । सबैभन्दा लामो समयपछि कमब्याक गर्नेमा पूजा पर्छिन् । अमेरिकामा बस्दै आएकी उनी करिब दुई दशकपछि अभिनयमा फर्किएकी हुन् ।

आगामी फागुन २ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘दुःखी आत्मा’को केही दिनअघि सार्वजनिक ट्रेलरबाट दर्शक ‘सरप्राइज’ नै भए । यसको मुख्य कारण थियो, अभिनेता दयाहाङ राईले निभाएको भूमिका । यसमा उनी यौन दुर्बलताको समस्याबाट पीडित पात्रको भूमिकामा देखिएका छन् । उनको भूमिकालाई लिएर सकारात्मक र नकारात्मक दुवै खालका टिप्पणीहरु भइरहेका छ्न् ।

अचेल नेपाली फिल्मलाई हलमा एक हप्ता टिक्न पनि मुश्किल भइरहेको समयमा गत कात्तिक १५ गते (लक्ष्मीपूजा)बाट प्रदर्शनमा आएको फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ले व्यापारसँगै प्रदर्शनमा अर्को महत्त्वपूर्ण कोशेढुंगा पार गरेको छ । सबैभन्दा धेरै कमाउने नेपाली फिल्मको इतिहास रच्न सफल यो फिल्मले यस वर्ष हलमा लामो समयसम्म प्रदर्शन हुने फिल्मको कीर्तिमानी बनाएको छ ।