मिति : २०८१ चैत्र १९, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 25 - 30 of 22445
फिल्मीखबर, काठमाडौं, २०८१ चैत्र १२, मंगलवार

देशलाई लोडसेडिङबाट मुक्त गराएका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बर्खास्त गरेपछि यतिबेला चौतर्फी विरोध भइरहेको छ । नेतादेखि कलाकारसम्मले सामाजिक सञ्जालमार्फत कुलमानलाई हटाइएकोमा आपत्ति जनाएका छन् ।

फिल्मीखबर, काठमाडौं, २०८१ चैत्र ११, सोमवार

गायक तथा अभिनेता प्रकाश सपूतले निर्देशन गरेका कारण फिल्म ‘वसन्त’लाई विशेष रूपमा हेरिएको छ । गीतमार्फत सामाजिक असमानता, देशको अस्थिरता र विभेदका मुद्दाहरू सशक्त ढंगले उठाउँदै आएका उनले आफ्नो पहिलो निर्देशकीय फिल्म कस्तो बनाएका छन् भन्ने कौतुहलता धेरैमा छ । गत शनिबार सार्वजनिक गरिएको ट्रेलरपछि फिल्मप्रति दर्शकमा अझ चासो बढेको छ ।

फिल्मीखबर, काठमाडौं, २०८१ चैत्र ११, सोमवार

आगामी चैत २९ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘पिताम्बर’को प्रचारप्रसार निर्माताले युद्धस्तरमा गरिररहेका छन् । काठमाडौंका डिजिटल बोर्डमा टिजर देखाएर होस् वा हलहरुमा कलाकारहरुको ‘कटआउट’ राखेरै किन नहोस्, दर्शकको ध्यान खिच्न कुनै कसर छाडिएको छैन । यही चैत १५ गते भृकुटीमण्डपमा ट्रेलर सार्वजनिक गर्न विशेष कार्यक्रम समेत राखिएको छ ।

फिल्मीखबर, काठमाडौं, २०८१ चैत्र ११, सोमवार

निश्चल बस्नेतलाई निर्देशकको रुपमा मात्र चिन्दा अन्याय हुनसक्छ । उनको परिचयको दायरा फराकिलो छ । उनी अभिनेता र गायक पनि हुन् । उनले आठ वर्षअघि गाएको ‘काले दाई’ गीत अझै पनि चर्चित छ । एकपटक फेरि उनको आवाजमा गीत सुन्न पाइने भएको छ । आगामी जेठ १५ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘महाभोज’का लागि उनले गीत रेकर्ड गराएका छन् ।

फिल्मीखबर, काठमाडौं, २०८१ चैत्र ११, सोमवार

अभिनेत्री मनिषा कोइरालाको अभिनय करिअर नेपाली फिल्मबाट सुरु भए पनि पछि बलिउडमा चम्किइन् । एक सयभन्दा बढी बलिउड फिल्ममा काम गरिसकेकी उनले नेपाली फिल्म भने ‘फेरि भेटौंला’ र ‘धर्मा’ मात्र गरेकी छन् । सन् २०१० मा प्रदर्शन भएको ‘धर्मा’पछि पनि उनलाई थुप्रै नेपाली फिल्मबाट प्रस्ताव पुगेको थियो । तर, अहिलेसम्म उनको पुनरागमन हुन सकेको छैन ।

एजेन्सी, काठमाडौं, २०८१ चैत्र १०, आईतवार

इदको छेको पारेर आगामी आइतबार (३० मार्च)बाट प्रदर्शनको तयारीमा रहेको बलिउड सुपरस्टार सलमान खान अभिनीत फिल्म ‘सिकन्दर’को ट्रेलर सार्वजनिक गरिएको छ । एक्सन, लभ, रोमान्स, थ्रिल र कमेडीको मिश्रण रहेको साढे तीन मिनेट लामो ट्रेलरमा सलमानलाई गरिबको मसिहाको रुपमा प्रस्तुत गरिएको छ । उनलाई महाराष्ट्र प्रहरीले ‘वान्डेड’ सूचीमा राखेको पनि देख्न सकिन्छ ।

Results : 25 - 30 of 22445