मिति : २०८१ चैत्र २०, बुधवार

Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 325 - 330 of 22452
फिल्मीखबर, काठमाडौं, २०८१ माघ ४, शुक्रवार

चर्चित पार्श्व गायिका मेलिना राई विवाह बन्धनमा बाँधिएकी छन् । उनले शुक्रबार प्रेमी ध्रुव गुरूङसँग विवाह गरेकी हुन् । विवाहको तस्वीरमा दुवैलाई आ-आफ्नै जातीय भेषभूषामा देख्न सकिन्छ । यतिबेला काठमाडौंको गोकणेश्वरस्थित हिमाली घर रिसोर्टमा विवाह समारोह चलिरहेको छ । विवाहमा दुई पक्षका परिवारसहित मेलिना निकट केही संगीतकर्मीको उपस्थिति रहेको जनाइएको छ ।

फिल्मीखबर, काठमाडौं, २०८१ माघ ४, शुक्रवार
फिल्मीखबर, काठमाडौं, २०८१ माघ ४, शुक्रवार

गायक तथा संगीतकार प्रकाश सपूतलाई संगीत क्षेत्रमा ‘हिट मेशिन’ भन्ने गरिएको छ । उनका एकपछि अर्को गीत लोकप्रिय हुनुले पनि यसलाई प्रमाणित गर्छ । ‘गलबन्दी, ‘सकम्बरी, ‘कुरा बुझ्न पर्च’ जस्ता उनका थुप्रै गीत जनजिब्रोमा झुन्डिएका छन् । यतिबेला उनको नयाँ गीत चर्चामा छ । त्यो हो, ‘साँझ पर्‍यो झमक्क’ । यो गीत उनकै डेब्यु निर्देशनमा बनेको फिल्म ‘वसन्त’मा समावेश छ ।

फिल्मीखबर, काठमाडौं, २०८१ माघ ४, शुक्रवार

‘होस्टेल’ फ्रेन्चाइजको तेस्रो श्रृंखलाको रुपमा निर्माण भएको फिल्म ‘होस्टेल ३’को पहिलो गीतको रुपमा शुक्रबार ‘टिक टिक टिक’ सार्वजनिक गरिएको छ । युट्युबमार्फत् सार्वजनिक उक्त गीतमा अलमोडा राणा उप्रेतीको शब्द रचना, संगीत र गायन छ । यसमा र्‍याप भोकल अलमोडासँगै सन्तोष राणाले दिएका छन् । अलमोडाले ६ वर्षपछि फिल्मको पार्श्व गायनमा पुनरागमन गरेका हुन् । 

फिल्मीखबर, काठमाडौं, २०८१ माघ ४, शुक्रवार

मंसिर र पुष महिना फिल्म रिलिज र व्यापार दुवै हिसाबले निराशाजनक रह्यो । तर, अब चैतसम्म हरेक हप्ता हलमा नयाँ फिल्म टुट्ने छैनन् । माघको सुरुवात भने फिल्म ‘फिरफिरे फिरिरी’बाट भएको छ । नेपाली फिल्ममा विरलै प्रयोग भएको हरर-कमेडी जनरामा यो फिल्म बनेको हो । चार युवकको जीवनमा एक युवतीको आगमनपछि आउने उतारचढावलाई फिल्मले देखाउनेछ ।

फिल्मीखबर, काठमाडौं, २०८१ माघ ३, बिहिवार

यही माघ २५ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘सारंग’को पहिलो गीत ‘तिमी नै हौ’ सार्वजनिक गरिएको छ । देवेन्द्र बरालको पार्श्व गायन रहेको उक्त गीतमा शंकर थापा ‘स्माइल’को संगीत तथा सुमन सिंगलको शब्द रचना छ । सुष्मा राईको नृत्य निर्देशनमा तयार भएको गीतको भिडियोमा फिल्मका दुई मुख्य पात्र आदित्य कार्की र सम्राट थापाबीचको मित्रता देखाइएको छ ।

Results : 325 - 330 of 22452