
‘डाइङ क्यान्डल’ र ‘रोमियो एन्ड मुना’का निर्देशक नरेशकुमार केसी नयाँ फिल्म ‘ल्हो-छाम्पा’बाट ६ वर्षपछि निर्देशनमा फर्किने भएका छन् । बिहीबार थिम पोस्टर सार्वजनिक गर्दै उक्त फिल्मको घोषणा गरियो । फिल्मले सन् १९९० को दशकमा भुटानबाट विस्थापित भएका शरणार्थीको कथा भन्ने जनाइएको छ । ‘ल्हो-छाम्पा’ शब्दले भुटानको दक्षिण भेगमा बस्ने नेपालीलाई चिनाउँछ ।

प्रायशः फिल्मको प्रचारात्मक सामाग्रीको रुपमा गीत, टिजर वा ट्रेलर सार्वजनिक गरिन्छ । तर, आगामी फागुन २ गते अर्थात् प्रणय दिवसको दिनबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘दुःखी आत्मा’को भने ‘ब्रेकअप कविता’ सार्वजनिक गरिएको छ । २ मिनेट १८ सेकेण्ड लम्बाईको भिडियोमा फिल्मका मुख्य अभिनेता दयाहाङ राईले अभिनेत्री आँचल शर्मालाई कविता पढेर सुनाइरहेका छन् ।

चर्चित पार्श्व गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने भएकी छन् । शुक्रबार विवाह गर्न लागेकी उनले केही दिनअघि नै प्रेमी ध्रुव गुरूङसँग इन्गेजमेन्ट गरिसकेकी छन् । इन्गेजमेन्टको तस्वीरमा उनीहरु आ-आफ्नै जातीय भेषभूषामा देखिएका छन् ।

यतिबेला देशभरि नै मेला/महोत्सवको रन्को छ । योसँगै कलाकारहरूको व्यस्तता पनि बढेको छ । चलेका गायक/गायिकाहरुलाई त महोत्सवको दौडधुपले गीत रेकर्ड गर्न समेत फुर्सद छैन । राम्रो आम्दानी हुने भएकाले फिल्मका कलाकारहरु पनि बेला-बखतमा मेला/महोत्सवमा उपस्थित भइरहेका हुन्छन् । यतिबेला अभिनेता पल शाह महोत्सवहरुमा सबैभन्दा बढी व्यस्त देखिएका छन् ।

बलिउड अभिनेता सैफ अली खानमाथि चक्कु प्रहार भएको छ । बिहीबार बिहान साढे २ बजे सैफको घरमा पसेका एक अज्ञात व्यक्तिले उनको गाला, पिठ्यूँ, हात र टाउकोमा चक्कु प्रहार गरेको भारतीय मिडियाले जनाएका छन् । उक्त घटनापछि सैफलाई मुम्बईको बान्द्रामा अवस्थित लीलावती अस्पताल लगिएको थियो । त्यहाँ उनको सर्जरी गरिएको छ ।

शेर्पा समुदायको धर्म र संस्कृतिमा आधारित भएर बनेको फिल्म ‘कार्साङ’को ६ दिनको व्यापारिक आँकडा सार्वजनिक गरिएको छ । बुधबार निर्माण कम्पनी यार्सा फिल्म्सले जारी गरेको एक पोस्टरमा फिल्मको ६ दिनको ग्रस कमाइ १ करोड ४५ लाख उल्लेख छ । यसबाट निर्माताको हातमा बढीमा ५५-६० लाख पर्न सक्छ । ‘स्टारकास्ट’को हिसाबले फिल्मको यो व्यापार अपेक्षित भने होइन ।