
निर्देशक, निर्माता तथा कलाकार अशोक शर्माले फिल्म ‘रातो टीका निधारमा’बाट छोरा अंकित शर्मालाई अभिनेताको रुपमा डेब्यु गराए । अब उनकी छोरी कृति शर्माले पनि अभिनय करिअर सुरु गरेकी छन् । उनले म्यूजिक भिडियोबाट अभिनयमा डेब्यु गरेकी हुन् । उनी अभिनीत पहिलो म्यूजिक भिडियो ‘रिटिङ् र्याइँर्याइँ’ बिहीबार काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक गरियो ।

अभिनेता अनमोल केसीको करिअरको सफल फिल्म मानिन्छ, ‘जेरी’ । २०७१ सालमा प्रदर्शन भएको यो फिल्मले नेपालको पर्यटन प्रवर्द्धनमा समेत ठूलो भूमिका खेलेको छ । फिल्मको केही प्रतिशत छायांकन मुस्ताङमा गरिएको थियो भने ‘के यो माया हो’ गीत मुस्ताङकै मार्फा गाउँको भक्ति गल्लीमा खिचिएको थियो । जब फिल्म रिलिज भयो, त्यसपछि उक्त गल्लीको पहिचान नै फेरियो ।

गत माघदेखि हरेक साता हलमा नयाँ नेपाली फिल्म टुटेका छैनन् । एकै मितिमा दुई-तीनवटासम्म फिल्म रिलिज भैरहेका छन् । यो साता पनि दुई फिल्म ‘११:५५’ र ‘द्रोपदी’ प्रदर्शनमा आएका छन् । यी दुवै फरक कथावस्तुमा बनेका फिल्म हुन् । ‘११:५५’ क्राइम-थ्रिलर फिल्म हो । एउटा घरमा भएको ‘मर्डर’को कथामा फिल्म आधारित छ । ‘द्रोपदी’ले भने बहुपति प्रथाको कथा उठाएको छ ।

‘एक्सन स्टार’को रुपमा परिचित निखिल उप्रेती ६ वर्षपछि फिल्म अभिनयमा फर्किने भएका छन् । पछिल्लो पटक ‘भिलेन’ (२०१९) मा देखिएका उनले फिल्म ‘आचार्य’बाट कमब्याक गर्न लागेका हुन् । यसको निर्देशन उनी आफैंले गर्नेछन् । गत फागुनमा चलचित्र विकास बोर्डमा उनले फिल्मको शीर्षक दर्ता गरेका हुन् । ‘भैरव’ (२०१५)पछि उनले दोस्रो पटक फिल्म निर्देशन गर्न लागेका हुन् ।

अभिनेता सलोन बस्नेतले पहिलो पटक निर्माण गरेको फिल्म ‘रंगी’ले घरेलु बक्स अफिसमा अपेक्षित व्यापार गर्न सकेन । यद्यपि, दर्शकीय प्रतिक्रिया राम्रो मिलेको थियो । अब यो फिल्मको विदेश प्रदर्शन यात्रा सुरु हुने भएको छ । त्यसको सुरुवात नेपालीहरुको ठूलो संख्यामा बसोबास रहेको देश अष्ट्रेलियाबाट हुनेछ ।

बलिउडका ‘दबंग स्टार’ सलमान खानको शीर्ष भूमिका रहेको एक्सनप्रधान फिल्म ‘सिकन्दर’लाई भारतमा मात्र नभइ नेपालमा पनि महत्त्वका साथ हेरिएको छ । दुवै देशमा आक्रामक व्यापार गर्ने प्रक्षेपण गरिएको यो फिल्म यही चैत १७ गते आइतबार अर्थात् ३० मार्चबाट प्रदर्शनमा आउँदैछ । निर्माताले सोमबार परेको इदको अवसर पारेर फिल्मलाई आइतबारबाट प्रदर्शन गर्न लागेका हुन् ।