
भ्यालेनटाइन डेको अवसर पारेर आगामी फागुन २ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘रंगी’को दोस्रो चरणको पोस्टर सार्वजनिक गरिएको छ । यसअघि सार्वजनिक पोस्टरले बाबु-छोरीको पीडाभाव दर्शाएकोमा नयाँ पोस्टरले पात्रहरुको खुसीलाई प्रस्तुत गरेको छ । जसमा मुख्य कलाकारहरु सलोन बस्नेत, नम्रता श्रेष्ठ र आयुषी ढकाल (बाल कलाकार)लाई स्थान दिइएको छ ।

दक्षिण भारतको ब्लकबस्टर फिल्म ‘पुष्पा २’ले भारतसँगै नेपाली बक्स अफिसमा पनि कीर्तिमान बनाएको छ । फिल्मले नेपालमा सर्वाधिक कमाइ गर्ने विदेशी फिल्मको रेकर्ड बनाएको निर्माण कम्पनी मिथ्री मुभी मेकर्सले दाबी गरेको छ । बिहीबार कम्पनीले एक पोस्टरमार्फत् फिल्मले नेपालमा २४ करोड ७५ लाख ग्रस (नेरु) कमाइ गरेको जनाएको छ । यो कमाइ जम्मा २० दिनको हो ।


केही दिनअघि आर्टमाण्डू युट्युब च्यानलबाट फिल्म ‘ऊनको स्वीटर’मा समावेश ‘मखमली’ गीतको सानो अंश सार्वजनिक गरिएको थियो, जुन यतिबेला धेरै दर्शकको मुखमा झुण्डिएको छ । गीतको सानै अंशमा पनि सयौं टिकटक र रिल्स बनेका छन् । यसैबीच, यो गीतको पूरा अंश बिहीबार सार्वजनिक गरिएको छ । आठ मिनेट लम्बाईको गीतलाई मेलाको परिवेशमा तयार पारिएको छ ।

यतिबेला भारतका हलमा साउथ फिल्म ‘पुष्पा २’को हालीमुहाली छ । प्रदर्शनको चौथो सातामा आइपुग्दा समेत फिल्मको व्यापार अझै थामिने छाँटकाँट देखिएको छैन । बलिउडको नाममा रहेको एकपछि अर्को रेकर्ड तोडिरहेको फिल्मले क्रिसमसको दिन पारेर बुधबारबाट प्रदर्शनमा आएको बलिउड अभिनेता वरुण धवनको फिल्म ‘बेबी जोन’लाई समेत हलमा टिक्न मुश्किल पारेको छ ।

पछिल्लो समय अभिनेता दयाहाङ राईलाई ‘हिटको ग्यारेन्टी’ मान्ने गरिएको छ । उनका पछिल्ला फिल्मले बक्स अफिसमा हासिल गरेको सफलताले पनि यो तथ्य सत्य देखाउँछ । उनले अभिनय गरेका फिल्मको विदेशमा पनि राम्रो माग हुने गरेको छ । डिजिटल राइट्स पनि आकर्षक मूल्यमा बिक्री हुन्छ । यसैले त उनलाई लिएर फिल्म बनाउन निर्माताहरुबीच हानाथापको अवस्था छ ।