
वर्षेनि दशैं र तिहारपछि नेपाली नयाँ वर्षमा फिल्म रिलिजको ठूलो चाप देखिने गरेको छ । यो समयमा दर्शकहरु मनोरञ्जनका लागि हलमा ओइरिन्छ भन्ने विश्वासमा निर्माताहरुबीच नयाँ वर्षमा फिल्म रिलिज गर्न ठूलै प्रतिस्पर्धा चल्ने गरेको छ । यो सिलसिला यसपटक पनि रोकिएको छैन । आगामी नयाँ वर्षमा त्रिपक्षीय भिडन्त निश्चित भएको छ । त्यो पनि एउटै जनराका फिल्महरुबीच ।


चर्चित हास्य सिरियल ‘सक्किगोनि’को समूहले निर्माण गरेको पहिलो फिल्म ‘लाज शरणम्’ महाशिवरात्रिको अवसर पारेर आगामी फागुन १४ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ । कलाकारको बलियो ‘लाइनअप’ रहेको फिल्मलाई अन्तर्राष्ट्रिय बजारमा पनि रिलिज गरिने भएको छ । यसका लागि सेभेन सिज इन्टरनेसनलले फिल्मको अन्तर्राष्ट्रिय वितरण अधिकार खरिद गरेको छ ।

नेपाली फिल्मका लागि पाँचतारे होटल त्यति फापेको देखिँदैन । महंगो र आलिसान मानिने यस्ता होटलमा घोषणा भएका धेरैजसो फिल्म बन्न सकेका छैनन् । यसैले अचेल कुनै फिल्मको पाँचतारे होटलमा घोषणा भयो भने निर्माण हुनेमै आशंका उब्जिन थाल्छ । ‘घुइँचो’, ‘दीपेन्द्र सरकार’, ‘रानी महल’, ‘सिड्नी’ जस्ता थुप्रै फिल्म पाँचतारे होटलमा तामझामसँग घोषणा भएर पनि बन्न सकेनन् ।


अभिनेता दयाहाङ राईले फिल्ममा विभिन्न समुदायको चरित्रमा काम गर्दै आइरहेका छन् । उनले थारु, मगर, तामाङ, राई, लिम्बू जस्ता समुदायको चरित्र बाँचिसकेका छन् । यसैले पनि अचेल उनलाई ‘सांस्कृतिक हिरो’ भन्न थालिएको छ । अब यही पुष २६ गतेबाट सार्वजनिक प्रदर्शनको तयारीमा रहेको फिल्म ‘कार्साङ’मा भने उनी शेर्पा चरित्रमा प्रस्तुत छन्, जो पेशाले झाँकी हुन्छन् ।