मिति : २०८१ चैत्र ३०, शनिवार

Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 439 - 444 of 22489
एजेन्सी, काठमाडौं, २०८१ पौष १३, शनिवार

बलिउड सुपरस्टार सलमान खान एक वर्षपछि फिल्म ‘सिकन्दर’मार्फत् पर्दामा देखिँदैछन् । शुक्रबार उनको ५९औं जन्मदिनमा फिल्मको टिजर रिलिजको तयारी गरिएको थियो । तर, भारतका पूर्व प्रधानमन्त्री मनमोहन सिंहको निधनका कारण पोस्टपोन्ड भएको टिजर शनिबार सार्वजनिक गरिएको छ । १ मिनेट ४१ सेकेण्ड लामो टिजरमा सलमानलाई एक्सन अवतारमा देख्न सकिन्छ ।

फिल्मीखबर, काठमाडौं, २०८१ पौष १३, शनिवार

यही पुष २६ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘कार्साङ’को पहिलो गीत सार्वजनिक गरिएको छ । गत आइतबार मात्र छायांकन भएको ‘सात भन्ज्याङ’ बोलको गीत शनिबार युट्युबमार्फत् सार्वजनिक गरिएको हो । यसमा डीपी खनालको शब्द रचना तथा एसडी योगीको संगीत छ भने संगीतकार योगी र रेश्मा पुन मगरको पार्श्व गायन छ । गीतका एरेन्जर रिकेश गुरुङ हुन् ।

फिल्मीखबर, काठमाडौं, २०८१ पौष १२, शुक्रवार

सिमोस सुनुवारको निर्देशनमा बन्न लागेको फिल्म ‘जन्ते बाख्रो’को शुभमुहूर्त गरिएको छ । शुक्रबार कमलादीस्थित गणेश मन्दिरमा क्यामेरा, स्क्रिप्ट र क्ल्याप बोर्ड पूजा गर्दै मुहूर्त गरियो । फिल्ममा जोडीको रुपमा देखिन लागेका अभिनेता सौगात मल्ल र अभिनेत्री गरिमा शर्माले मुहूर्त सट दिएका थिए । यो उनीहरुको पहिलो सहकार्य हो । फिल्मको छायांकन यही पुष २० गतेबाट सुरु हुनेछ ।

फिल्मीखबर, काठमाडौं, २०८१ पौष १२, शुक्रवार

भ्यालेनटाइन डेको अवसर पारेर आगामी फागुन २ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘रंगी’को दोस्रो चरणको पोस्टर सार्वजनिक गरिएको छ । यसअघि सार्वजनिक पोस्टरले बाबु-छोरीको पीडाभाव दर्शाएकोमा नयाँ पोस्टरले पात्रहरुको खुसीलाई प्रस्तुत गरेको छ । जसमा मुख्य कलाकारहरु सलोन बस्नेत, नम्रता श्रेष्ठ र आयुषी ढकाल (बाल कलाकार)लाई स्थान दिइएको छ ।

फिल्मीखबर, काठमाडौं, २०८१ पौष १२, शुक्रवार

दक्षिण भारतको ब्लकबस्टर फिल्म ‘पुष्पा २’ले भारतसँगै नेपाली बक्स अफिसमा पनि कीर्तिमान बनाएको छ । फिल्मले नेपालमा सर्वाधिक कमाइ गर्ने विदेशी फिल्मको रेकर्ड बनाएको निर्माण कम्पनी मिथ्री मुभी मेकर्सले दाबी गरेको छ । बिहीबार कम्पनीले एक पोस्टरमार्फत् फिल्मले नेपालमा २४ करोड ७५ लाख ग्रस (नेरु) कमाइ गरेको जनाएको छ । यो कमाइ जम्मा २० दिनको हो ।

Results : 439 - 444 of 22489