मिति : २०८२ वैशाख ४, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 445 - 450 of 22509
फिल्मीखबर, काठमाडौं, २०८१ पौष १७, बुधवार

चर्चित हास्य सिरियल ‘सक्किगोनि’ समूहले निर्माण गरेको पहिलो फिल्म ‘लाज शरणम्’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । अंग्रेजी नयाँ वर्षको अवसरमा बुधबार सार्वजनिक तीनवटा पोस्टरले फिल्मको कथासार बुझाउँछ । तीनमध्ये दुई पोस्टरमा कफिन (शव राख्ने बाकस) देखिन्छ । यसले वैदेशिक रोजगारीमा जानुपर्ने देशको स्थिति र त्यसले निम्त्याएको कहालीलाग्दो कहर बोल्छ ।

फिल्मीखबर, काठमाडौं, २०८१ पौष १७, बुधवार

यही पुष २६ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘कार्साङ’को ट्रेलर सार्वजनिक गरिएको छ । अंग्रेजी नयाँ वर्ष २०२५ को अवसर पारेर बुधबार सार्वजनिक तीन मिनेट लम्बाईको ट्रेलरले फिल्मको कथावस्तुबारे जानकारी गराउँछ । शेर्पा समुदायको परम्परागत संस्कृति र आर्थिक समस्यासँग जुधिरहेको एउटा झाँक्री परिवारको कथालाई ट्रेलरमा मर्मस्पर्शी रुपमा देखाइएको छ ।

फिल्मीखबर, काठमाडौं, २०८१ पौष १७, बुधवार

आगामी फागुन १४ गते (महाशिवरात्रि)बाट प्रदर्शनमा आउन लागेको फिल्म ‘मायावी’को पहिलो गीत अंग्रेजी नयाँ वर्षको अवसरमा सार्वजनिक गरिएको छ । ‘त्यो माया हो’ बोलको रोमान्टिक भावको गीतमा फिल्मका मुख्य अभिनेता पल शाह र अभिनेत्री दीपिका प्रसाइँ प्रस्तुत छन् । गीतले उनीहरुको प्रेम र समर्पणको भाव बोलेको छ । भिडियोमा दुवैलाई रोमान्टिक मुडमा देख्न सकिन्छ ।

फिल्मीखबर, काठमाडौं, २०८१ पौष १७, बुधवार

अहिलेका सफल अभिनेता प्रदीप खड्काको फिल्म यात्राले १० वर्ष पूरा गरेको छ । सन् २०१५ मा रिलिज भएको ‘स्केप’बाट उनी अभिनय दुनियाँमा आएका थिए । यो उनकै निर्माणमा बनेको थियो । उनलाई अभिनेताको रुपमा पहिचान भने फिल्म ‘प्रेमगीत’ले दिलायो । यसपछि उनले करिअर फर्केर हेर्नु परेको छैन । समग्रमा उनको एक दशकको यात्रालाई सन्तोषजनक मान्न सकिन्छ । 

फिल्मीखबर, काठमाडौं, २०८१ पौष १६, मंगलवार

आगामी चैत महिनामा फिल्म रिलिजको ठूलो चाप देखिने भएको छ । करिब आधा दर्जन फिल्म यही महिनामा रिलिज हुने देखिन्छ । यसैबीच, चैत ८ गतेबाट क्राइम-थ्रिलर फिल्म ‘११:५५’ प्रदर्शनमा आउने भएको छ । अग्रेजी नयाँ वर्षको पूर्वसन्ध्यामा एक पोस्टर सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मितिबारे जानकारी गराइयो । अहिलेसम्म उक्त मितिमा फिल्मलाई सोलो रिलिजको अवसर छ ।

Results : 445 - 450 of 22509