
‘सुनगाभा’ निर्देशक सुवर्ण थापाले एउटै घरभित्र गजबले फिल्म सकाएको भन्दै निर्देशक केशव पाण्डेको प्रशंसा गरे । उनले क्राइम थ्रिलर जनरामा बन्ने फिल्मलाई प्रोत्साहन गर्नुपर्ने बताए । अभिनेता जयकिशन बस्नेतले आफूलाई फिल्म रोचक लागेको प्रतिक्रिया दिए । एउटै घरभित्र खिचिएको भए पनि कलाकारहरूको अभिनय र प्रस्तुतिकरणले फिल्म हेरुन्जेल बाँधेर राख्ने उनको भनाइ छ ।

अभिनयमा पारंगत मानिने सरिता गिरीले पछिल्लो समय फिल्ममा आमाको भूमिका बढी गरिरहेकी छन् । त्यसमध्ये फिल्म ‘कर्मा’ पनि एक हो । यसमा उनले अभिनेता विपिन कार्कीकी आमाको भूमिका निभाएकी छन् । उनलाई यो फिल्मले आमा चरित्रको भाष्य र परम्परागत चरित्रचित्रण नै बदल्छ भन्ने विश्वास छ । आमा भनेपछि दिमागमा बन्ने चित्र फिल्मले मेटाउने उनको दाबी छ ।

‘उमेर भनेको एक संख्या मात्र हो’ भन्ने उखान कसैका लागि सान्दर्भिक छ भने त्यो बलिउड सुपरस्टार अमिताभ बच्चनका लागि छ । उमेरले ८१ वर्ष पार गरिसक्दा पनि उनको जोश र सक्रियतामा कुनै कमी आएको छैन । अहिले पनि उनको पाइपलाइनमा आधा दर्जन बढी फिल्म छन् । वर्षौंदेखि टिभी गेम शो ‘कौन बनेगा करोडपति’ चलाइरहेका उनीसँग ब्रान्डका विज्ञापन पनि पर्याप्त छन् ।

आगामी नयाँ वर्ष २०८२ लाई लक्षित गरेर चैत २९ गतेलाई प्रदर्शन मिति घोषणा गरिएका तीन एक्सन फिल्ममध्ये ‘नरसिंहा अवतार’ प्रतिस्पर्धाबाट पछाडि हटेको छ । प्राविधिक काम नसकिएकाले पूर्वनिर्धारित मितिमा फिल्म नआउने निर्देशक दीवाकर भट्टराईले जानकारी दिए । फिल्मको नयाँ प्रदर्शन मिति भने तय भएको छैन । तर, आगामी जेठमा रिलिजको तयारी भइरहेको उनले बताए ।

अभिनेत्री वर्षा राउतको मुख्य भूमिका रहेको फिल्म ‘हिउँको गीत’को मोसन पोस्टर सार्वजनिक भएको छ । फिल्मका पाँच प्रमुख कलाकारलाई समेटिएको पोस्टरले फिल्मको विषयवस्तुलाई विम्बात्मक रुपमा प्रस्तुत गरेको छ । औँठाछापको पृष्ठभूमिमा तयार पारिएको पोस्टरले विस्थापनको कथासँगै कलाकारहरुको उदास भावमार्फत् चरित्रको अनन्त प्रतीक्षाको नियतिलाई संकेत गर्छ ।

मिस नेपाल भएपछि फिल्म ‘साङ्लो’बाट अभिनय करिअर सुरू गरेकी अभिनेत्री निकिता चाण्डकका लागि यस वर्ष एकदमै विशेष बनेको छ । त्यसको पछाडि दुईवटा कारण छन् । पहिलो, उनी अभिनीत फिल्म ‘राजागंज’ गत बिहीबारदेखि प्रदर्शनरत छ, जसमा उनको अभिनयलाई लिएर प्रशंसा भइरहेको छ । दोस्रो, गत फेब्रुअरीदेखि उनले पहिलो भारतीय प्रोजेक्टमा काम गरिरहेकी छन् ।