

अभिनेता दयाहाङ राईले फिल्ममा विभिन्न समुदायको चरित्रमा काम गर्दै आइरहेका छन् । उनले थारु, मगर, तामाङ, राई, लिम्बू जस्ता समुदायको चरित्र बाँचिसकेका छन् । यसैले पनि अचेल उनलाई ‘सांस्कृतिक हिरो’ भन्न थालिएको छ । अब यही पुष २६ गतेबाट सार्वजनिक प्रदर्शनको तयारीमा रहेको फिल्म ‘कार्साङ’मा भने उनी शेर्पा चरित्रमा प्रस्तुत छन्, जो पेशाले झाँकी हुन्छन् ।

नेपालमा फिल्मको घोषणा जुन हिसाबमा हुन्छ, त्यो अनुपातमा निर्माण भएको पाइँदैन । धेरै फिल्म घोषणामै सीमित हुने गरेका छन् । अभिनेता प्रदीप खड्काको मुख्य भूमिका रहने भनिएको फिल्म ‘ऐरी’ पनि गत वर्षको मंसिरमा घोषणा गरिएको थियो । र, सन् २०२४ मा रिलिज लक्ष्य राखिएको थियो । तर, घोषणको एक वर्ष वितिसक्दा पनि अझैसम्म फिल्म निर्माण हुन सकेको छैन ।

यस वर्षको बैशाखदेखि कात्तिक महिनासम्मको समय नेपाली फिल्मका लागि सानदार रह्यो । यो अवधिमा करिब एक दर्जन फिल्म व्यावसायिक रुपमा सफल भए । व्यापार मात्र एक अर्बमाथि भयो । एक वर्ष पनि नपुग्दै यो किसिमको व्यापार भएको नेपाली फिल्मको इतिहासमै पहिलो पटक हो । यसैले यतिबेला धेरैले नेपाली फिल्मको ‘स्वर्ण युग’ सुरु भएको विश्लेषण गरिरहेका छन् ।

पछिल्लो समय नेपाली निर्मातालाई ओभरसिज राइट्स राम्रो आम्दानीको स्रोत बनेको छ । विदेशमा फिल्म बिक्री हुँदा लगानीको ठूलो हिस्सा उठ्ने गर्छ । सिक्वेल र सिरिज फिल्मको त ओभरसिज राइट्सबाटै लगानी सुरक्षित हुने गरेको छ । यसैले अचेल फिल्म निर्माण नहुँदै धेरैजसो निर्माताले विदेश राइट्स बेचिसकेका हुन्छन् । कतिपय फिल्म छायांकनको क्रममा पनि बिक्री हुने गर्छन् ।

लामो समयदेखि दर्शकको एउटा तप्काले पर्दामा हेर्न चाहेको जोडी हुन्, अनमोल केसी र नीति शाह । फिल्ममा उनीहरुको जोडी बाँध्ने प्रयास नभएको पनि होइन, तर आजसम्म सहकार्य जुर्न सकेको छैन । फिल्म ‘ड्रिम्स’मा नै अभिनेता भुवन केसीले अनमोल र नीतिको जोडी बाँध्न खोजेका थिए । तर, त्योबेला नीतिले रुचि नदेखाएपछि ‘ड्रिम्स’बाट साम्राज्ञी आरएल शाहले डेब्यु गरेकी थिइन् ।