
अभिनेता हरिवंश आचार्यको परिचयको आयाम फराकिलो छ । अभिनय त उनको परिचयको एउटा पाटो मात्र हो । गायन तथा लेखनमा पनि उनी सक्रिय छन् । अहिले पनि वर्षमा एक/दुईवटा गीत उनका आइरहन्छन् । तर, फिल्मका लागि भने उनले विरलै गीत गाउने गरेका छन् । पछिल्लोपटक उनले सन् २०१६ मा रिलिज भएको फिल्म ‘जात्रा’मा समावेश ‘नोट नोट’ गीत गाएका थिए ।

अभिनेता दयाहाङ राईलाई कतिपयले राजेश हमालको पुनरावृत्ति भन्ने गरेका छन् । हमालले झैँ फिल्मको संख्यात्मक वृद्धिमा जोड दिँदा उनले यो आलोचना खेप्नु परेको हो । गत वर्षसम्म उनका फिल्म यसरी आए, मानौं उनी फिल्म उत्पादन गर्ने मेसिन हुन् । गत वर्ष (२०८०) मात्र उनका ९ वटा फिल्म हलमा रिलिज भएका थिए । दुईपटक त एउटै मितिमा उनका आफ्नै फिल्म भिड्न पुगे ।

कुनै समय लभस्टोरी फिल्ममा सफल मानिएका अभिनेता राजबल्लभ कोइरालाको परिचयमा नयाँ आयाम थपिने भएको छ । साहित्यप्रति विशेष रुचि राख्ने उनले कविको परिचय थप्न लागेका हुन् । उनी आफ्नो पहिलो कृतिको रुपमा कविता संग्रह ‘औरा’ सार्वजनिक गर्ने तयारीमा छन् । प्रकाशनको अन्तिम तयारीमा रहेको पुस्तक यसै वर्ष बजारमा उपलब्ध हुने जनाइएको छ ।

गत वर्षको फागुनमा प्रदर्शनमा आएको ‘रंगेली’का निर्देशक अर्जुन सुवेदी आफ्नो दोस्रो फिल्म ‘सोल्टिनी’को यही पुष अन्तिमबाट छायांकन गर्ने तयारीमा छन् । फिल्ममा कलाकारहरुको बलियो ‘लाइनअप’ बनाएका उनले यसमा फरक जातीय पृष्ठभूमिका दुई पात्रको प्रेमकथा प्रस्तुत गर्दैछन् । र, यो कथा उनले अभिनेता प्रकाश सपूत र अभिनेत्री परीक्षा लिम्बूमार्फत् पर्दामा देखाउनेछन् ।

‘होस्टेल’को तेस्रो श्रृंखलाको रुपमा निर्माण भएको फिल्म ‘होस्टेल ३’को प्रमुख छायांकन सकिएको छ । दुई चरणमा गरी ४९ दिनमा शुक्रबार फिल्मको छायांकन पूरा भएको निर्देशक सशान कँडेलले जानकारी दिए । केही कलाकारहरूको बडी ट्रान्सफर्मेसन (शारीरिक परिवर्तन)का फुटकर छायांकन भने बाँकी रहेको उनको भनाई छ । त्यो केही हप्तापछि गरिने उनले बताए ।

बलिउड अभिनेता जोन अब्राहमले नेपालका पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेलाई चितवनको सौराहामा आयोजना हुँदै आइरहेको हात्ती महोत्सव खारेज गर्न आग्रह गरेका छन् । उनले आफ्नो हस्ताक्षरसहितको पत्र पठाउँदै महोत्सवमा हात्तीको प्रयोग हुने भएकाले त्यो रोक्न अनुरोध गरेका हुन् । पत्रमा उनले महोत्सवको नाममा हात्तीहरूमाथि दुर्व्यवहार हुने गरेको जनाएका छन् ।